Loading...
विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश राजपा र नेकपालाई ठुलो झट्का

टीकापुर, वैशाख–५
राष्ट्रिय जनता पार्टी (राजपा) कैलाली क्षेत्र नम्बर १ का अध्यक्ष दिव्या चौधरी लगायत दर्जनौं व्यक्ति विभिन्न पार्टी परित्याग गरी करीव १८० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेकाछन् ।

मंगलबार नेपाली काँग्रेस क्षेत्र नम्बर १ कैलालीद्वारा निर्मित वीपी स्मृति भवनको उद्घाटन गर्न टीकापुर आइपुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बिच टीका लगाई राजपा अध्यक्ष चौधरी लगायत नेकपाका मिथुन विश्वक्रमा लगायत राप्रपा पाटीबाट आएका नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका थिए । मिथुन विश्वक्रमा तत्कालीन एमाले निकट अखिलको तर्फबाट टीकापुर बहुमुखि क्याम्पसमा स्वबीयू समिती सदस्य रही सफल जिम्मेवारी बहन गरिसकेका व्यक्ति मध्ये एक पर्दछन । मिथुन बिश्वक्रमा नेकपाका एक प्रखर वक्ता मानिन्थे । मृदुभाषि बिक लगायतको पार्टी परित्यागसंगै नेकपामा युवा जमातको खडेरी पर्नसक्छ कि भन्ने स्रोतको दावी रहेको छ ।

टीकापुर गत वर्ष भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा कैलाली १ मा राजपाका उम्मेदवार रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा र प्रदेश सभा ‘१’ मा राजपाका उम्मेदवार कृष्णकुमार चौधरी विजयी भएको क्षेत्र हो । मंगलबारको कार्यक्रममा नेताहरुले नेपाली काँग्रेस प्रभुनारायण चौधरीदेखि हालसम्म थारु नेताको पार्टी भएको धारणा राखेका थिए । सभालाई पूर्वमन्त्री रामजनम चौधरी, पूर्व राज्यमन्त्री जनकराज चौधरी, पूर्व सांसद वुद्धिसागर चौधरी लगायतका थारु नेताले सम्वोधन गरेका छन् ।
यसैगरी मुक्त कम्लहरी विकास मञ्च कैलालीका अध्यक्ष विष्णा चौधरी र तत्कालिन एमाले निकट अनेरास्ववियूबाट टीकापुर बहुमुखी क्याम्पस स्ववियू सदस्य मिथुन विक पनि नेपाली काँग्रेस प्रवेश गरेका छन् । सभामा करीब ५० जना जतिलाई पार्टी प्रवेश गराउदै देउवाले टीका लगाइदिनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *