Loading...
दार्चुलामा बन्दको प्रभाव देखिएन् तर सुरक्षा व्यवस्थामा भने कडाई

अगुवा समाचार, दार्चुला, वैशाख–५
देशभरी नै विहिबार विप्लब समुहको बन्दको प्रभाव अधिकांश ठाउँमा परेपनि दार्चुला जिल्लामा भने बन्दको खासै प्रभाव परेको देखिएन् । दार्चुलामा लामो तथा छोटो दुरीका गाडीहरु सञ्चालनमा नै रहेका थिए । त्यस्तै सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयहरु, विद्यालय र बजार क्षेत्रहरु खुला नै रहेका थिए । सरकारले प्रतिबन्धित लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको नेकपाबाट क्षती नहोस् भनि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गरी सुरक्षा व्यवस्थालाई कडा पारीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले अगुवा सन्देशलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *