Loading...
सांसदहरुका हरेक कृर्याकलापमा पत्रकारले कलम चलाउनुपर्ने सांसद भण्डारीको भनाई

अगुवा समाचार, वैतडी, वैशाख–५
मिडिया एक्सन नेपालले बैतडीमा सञ्चालन गरेको संसदीय पत्रकारीता सम्बन्धी क्षमता अभिवृद्धि दुई दिने तालिमा बुधबार सम्पन्न भएको छ ।
पत्रकारहरुमा संसदीय पत्रकारीताको सिद्धान्त, संघीय संरचनामा मिडिया भुमिका लगायत पत्रकारीताको आधारभुत ज्ञान दिने उद्देश्यले संसदीय पत्रकारीता तालिम सञ्चालन गरीएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । त्यस्तै सांसदलाई जवाफदेही बनाउन मिडियाको भुमिका महत्वपुर्ण हुने पुर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले जानकारी दिए । जिल्लाबाट निर्र्वािचत सांसदहरुले गर्ने हरेक किर्याकलापहरुमा पत्रकारहरुले कलम चलाउनुपर्ने उनले बताए ।

मिडिया विकास समाजका इन्चार्ज लक्ष्मण दत्त पन्तको अध्यक्षता एवं संघिय सांसद तथा पुर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा दुइ दिने संसदीय पत्रकारीता सम्बन्धि तालिम सम्पन्न भएको थियो ।
मिडिया एक्सन नेपालले सञ्चालन गरेको दुई दिने तालिममा बैतडी, डडेल्धुरा र दार्चुलाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *