Loading...
दार्चुला जिल्लाका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुच विध्यार्थी उत्साहित

अगुवा समाचार, दार्चुला, वैशाख–६
दार्चुलाको नौ वटै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ । दार्चुलाको दुर्गम तथा भौगोलिक विकटता रहेको अपिहिमाल गाउँपालिकामा प्राविधिक तथा व्यवसायिक धार सञ्चालनका लागि छनौट भएसँगै दार्चुलाको नौ वटै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुचँ पुगेको हो । यसअधि दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिका, मालिकार्जुन, लेकम, नौगाड, दुहुँ, व्यासँ, मार्मा गाउँपालिका गरी आठ वटा स्थानीय तहमा सञ्चालन भएका माध्यमिक विद्यालयहरुमा कृषि जेटिए, बाली विज्ञान, सिभिल इन्जिनियरिङ, ओभरसियर लगायतका विषयहरु पढाई हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

वर्तमान सरकारकोे दुई वर्ष भित्र देशभरी रहेका सबै स्थानीय तहमा प्राविधिक शिक्षालयहरु सञ्चालन गर्ने निर्णय अनुसार दार्चुलाका नौ वटै स्थानीय तहहरुमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ । यसवर्ष देखि अपिहिमाल गाउँपालिकाको क्षेतीमा रहेको खण्डेश्वरी माविमा प्राविधिक धान बाली विज्ञान तथा व्यवसायिक शिक्षाको पढाई सञ्चालन हुने भएको छ । जिल्लाका दुर्गम ठाउँका विद्यार्थीहरु प्राविधिक शिक्षाका लागि सदरमुकाम तथा बाहिरी जिल्लामा जानुपर्ने बाध्यता स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेसँगै हटेको छ । प्राविधिक शिक्षा स्थानीय ठाउँमा नै लागु भएपछि विद्यार्थीहरु निकै उत्साहित तथा खुसी भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *