Loading...
समृद्ध प्रदेश र मुलुक बनाउने कामको सुरुवात गोरखापत्रबाट हुनुपर्छ – मुख्यमन्त्रि शाही

अगुवा समाचार, सुर्खेत, बैशाख ६
गोरखापत्रको कर्णाली प्रदेश स्तरीय पत्रकारिता प्रशिक्षणको बिहीबार सुर्खेतको विरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्ध प्रदेश र मुलुक बनाउने कामको सुरुवात गोरखापत्रबाटै गर्न सुझाव दिएकाछन ।
उनले सत्य र आधिकारिक समाचारका लागि गोरखापत्र नै मुख्य आधार भएकोले जनताको आवाज विहीनहरुको आवाज बन्न पनि जोड दिएका थिए ।

गोरखापत्रले अहिलेसम्म जनविश्वास हासिल गरेको भन्दै त्यो जनविश्वास गुम्न नदिन उनले सुझाव दिए । अहिलेको समय नकारात्मक सोचले विरोध र आलोचना बढी हुने अवस्था रहेको हुँदा अब त्यसको आवश्यकता नभएको भन्दै मुख्यमन्त्री शाहीले विरोध र आलोचना होइन, संघर्ष गर्ने संस्कारको विकास गर्न गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्नु पर्ने कुरा वताए । जनतामा सकारात्मक सोचको भावना उजगार गराउनमा कठीवद्ध भएर लाग्न गोरखापत्रलाई आग्रह गरेका थिए ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सत्य र तथ्य समाचारका लागि त्यसको गहिराईमा पुग्नुपर्ने बताए । उनले पुरानो शैली र तरिकामा नभई अव नयाँ र ऊर्जाशील गोरखापत्र हुनुपर्ने भन्दै आधिकारिक समाचारका लागि गोरखापत्र नै मुख्य भएको उल्लेख गरेका थिए । समृद्ध प्रदेश बनाउनका लागि गोरखापत्रले कर्णाली प्रदेशलाई प्राथमकिता दिनुपर्ने पनि उनको भनाइ रहेको थियो ।
त्यसैगरि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रले विगतको गाथा गाएर मात्र नहुने भन्दै अब नयाँ कदमका साथ अगाडि बढेको बताए । उनले पाठक र समयको मागलाई ध्यानमा राख्दै सोही अनुसारको गतिविधिहरु पस्किरहेकोले जोश र जाँगरका साथमा गोरखापत्र लागेको वताए । अध्यक्ष भण्डारीले कर्णाली प्रदेश समाचारको खानी भएकोले समाचारदाताहरुलाई सक्रिय भएर समाचार सम्प्रेषण गर्न सुझाव दिए । साथै गोरखापत्र सधैँ सत्य र विश्वसनीयताको पर्याय भएकोले यसलाई कायमै राख्ने प्रतिबद्धता पनि उनले जनाए ।

कार्यक्रममा गोरखापत्र सञ्चालक समितिका सदस्य दुर्गाप्रसाद भण्डारी, प्रशिक्षक शरदचन्द्र बस्ती, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला, गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठ, गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनाल, दि राइजिङ्ग नेपालका प्रधान सम्पादक जगदीश पोख्रेल, गोरखापत्रका योजना विभाग प्रमुख तारा बस्याल, पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाका गोरखापत्रका समाचारदाता र विभिन्न भाषाभाषिकाका स्तम्भकारहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *