Loading...
राप्रपाका नेता कार्यकर्तालाइ तुरुन्त रिहाइ गर्न सरकारलाइ बिश्व हिन्दु महासंगको चेतावनी

काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपा पार्टीले धर्म निरपेक्ष संविधानकाे विराेध गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेता, कार्यकर्तालाई पक्राउ गरेको खवर प्रति बिश्व हिन्दु महासंघको ध्यानाकर्षण भएको छ । महासंघले पक्राउ परेका सम्पूर्णलाई यथा शिघ्र स सम्मान रिहाइको मागसमेत गरेको छ । लाेकतन्त्रमा राजनीतिक दल र नागरिकहरुले बिराेध गर्न पाउने अधिकार राख्दछन् । अाजकाे याे बिराेध राप्रपा पार्टीले गरे पनि याे धर्म निरपेक्ष बिरुद्धकाे अभियान हाे ! यसमा सम्पूर्ण हिन्दुबादी शक्तिहरु एक जुट भई अगाडि बढ्नु अहिलेकाे टट्काराे अाबश्यता हुन अाएकाे छ महासंघले जारि गरेको बिज्ञप्ति मा उल्लेख छ । बिश्व हिन्दु महासंघ की महासचिव ,अस्मिता भण्डारीदवारा जारी बिज्ञप्तिमा भनिएको छ -” ८४% भन्दा बढी हिन्दु , ९४% अाेमकार परिवार ,किराँत धर्मावलम्बी र प्रकृति पुजकहरुकाे अास्थाकाे देश नेपाललाई नेपाली जनताकाे भावना विपरीत केहि निश्चित दलका निश्चित नेताहरुले विधर्मीहरुकाे अार्थिक प्रलोभनमा परि धर्म निरपेक्ष बनाईएकाे हुँदा अाज सम्पूर्ण अाेमकार परिवार हिन्दुहरुकाे अास्थामा चाेट पुगेको छ।हाम्रो जस्तो बहुभाषिक , बहु साँस्कृतिक , बहुजातीय समाजकाे एकताको अाधार नै हाम्रो हिन्दु अधिराज्यकाे पहिचान संग निहित भएकोले सम्पूर्ण अाेमकार परिवारहरु राजनीति भन्दा माथि उठि याे देशलाई पुन: हिन्दुअधिराज्य बनाउन एकजुट हुन अावश्यक भएको छ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *