Loading...
जनता पुस्तकालयको छैठौं साधारण सभा सम्पन्न समिति अध्यक्षमा मिश्र  निर्वाचित

अगुवा समाचार, वैशाख–७, कैलाली
कैलाली जिल्लाको भजनी नगरपालीका स्थित २०१५ सालमा स्थापना भई शिक्षा क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र २०६८ सालमा विधिवत रुपमा दार्ता पकृयामा गई कार्य सम्पादन गर्दै आईरहेको जनता पुस्तकालय तथा स्रोत केन्द्र भजनीको शनिवार छैठौ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले समाजसेवी नवराज मिश्रको अध्यक्षतामा चार सदस्य पछि मनोनित गर्नेगरी १५ सदसिय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । निर्वाचित सदस्यहरुमा अर्जुन चौधरी, सरेन्द्र प्रसाद जैसी, धौली जोशी, नुमाकान्त खड्का, हेमेन्द्र भारद्धाज, टंकप्रसाद जोशी, तुला बुढा, बिनोद श्रेष्ठ, राधा जोशी, चित्र बहादुर बिश्वकर्मा रहेकाछन । समितिका अन्य पदाधिकारी अध्यक्षले मनोनित गर्ने विधानमा प्रावधान भए बमोजिम अन्य पदाधिकारी भने समितीको पहिलो बैठकमा अध्यक्षले मनोनयन गर्नेछन ।
कार्यक्रममा भजनी नगरपालीकाका उपमेयर छाया देवकोटा प्रमुख अथिति रहेकी थिइन भने विशिष्ठ अथितिमा जनता पुस्तकालयका सल्लाहकार तथा अगुवा सन्देन्शका प्रकासक हेमन्तराज माण्डव्य रहेका थिए । त्यसैगरी अथितिहरुमा रामनाथ उपाध्याय, लाल बहादुर साउद, चक्र बहादुर साउद, कृष्ण बहादुर साउद,राजकिशोरलाल कर्ण, बिजयराज श्रेष्ठ, नुमाकान्त खड्का, टेकप्रसाद जोशी, रुद्रप्रसाद जोशी लगायत रहेकाथिए । कार्यक्रममा प्रमुख अथिति छाया देवकोटाले नगरपालीकाले शिक्षा क्षेत्रमा गर्ने लक्षित कार्यक्रम यस पुस्तकालयले गर्न सके हामी त्यसकालागी सहकार्य गर्न तयार रहेको वताइन । उनले भनिन हामी स्थानिय सरकारमा रहेतापनि जनताका हरेक सवालमा तपाइहरुको सहकार्य हुन जरुरि छ । शिक्षा क्षेत्र सबै भन्दा अपरिहार्य भएकाले तपाइहरुको सहकार्यबाट हामी शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न सक्छौ । नयाँ नेतृत्वको सवालमा उनले भनीन तपाई सबै प्रतिनिधिहरुले हाम्रो भन्दापनि राम्रो व्यक्तिलाई नेतृत्व सहित समितीमा ल्याउनु हुनेछ भन्ने आग्रह गर्दछु । त्यसैगरि विशिष्ठ अथिति हेमन्त माण्डव्यले पुस्तकाय जस्तो गरिमामय सस्थामा राजनिति चलखेल नगरि निस्पक्ष र निस्वार्थि भावना भएको व्यक्ति नै नेतृत्व र समितीकालागी योग्य हुने भएकाले सोहि अनुसार गर्नु पर्ने कुरा औल्याएका थिए । साथै उनले पुस्तकालयको सुरुवाती समयमा भएको अवरोध जस्तो कार्य अव दोहरिन नदीन नयाँ बन्ने समितिलाई सुझाएका थिए । अन्य वक्ताहरुले आ–आफ्ना शुभकामना मन्तव्यहरु राखेका थिए । पुस्तकालयका अध्यक्ष डम्वर ।खडकाको अध्यक्षतामा भएको कार्यक्रममा ससचिव अर्जुन चौधरीले सस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिएभने कोषाध्यक्ष रामदयाल चौधरीले २०७५ श्रावण महिनादेखी चैत्र महिनासम्मको जम्मा २०,११,८११÷— बराबरको आयबय
प्रस्तुत गरेका थिए । पुस्तकालयका उपाध्यक्ष पुर्णप्रसाद जोशीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन समिति सदस्य डम्वर मिश्रले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *