
बौद्ध स्तुपाका प्रमुख संरक्षक औतारी धर्मगुरुको मानमर्दन हुने गरी तेमाल जात्रामा माइकिङ गरिएको प्रति बौद्ध तथा मेलम्ची घ्याङ गुठीले भत्सना गरेको छ । परपुज्य औतारी धर्मगुरु रेम्पोर्छे भूपति बज्र लामाको अपमान हुने गरी तामाङ कल्याण गुठीका सचिव समेत रहेका बौद्ध निवासी भूवन लामाले तेमाल जात्रामा माइकिङ गरेको भन्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीले उक्त कार्यको निन्दा गरेको हो । मानव कल्याण र धर्म रक्षाको लागि सर्मपित अन्तराष्ट्रिय जगतमा समेत ख्याती प्राप्त धर्मगुरु प्रति दिएको अपमानजनक अभिब्यक्ति प्रति गुठीले आपत्ति जनाएको हो ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीको सल्लाहकार समितिले विज्ञप्ती जारी गर्दै उक्त अराजकतापूर्ण शैली धार्मीक सद्भाव विथोल्ने र सम्पूर्ण बौद्धमार्गीको आस्थामा चोट पु¥याउने कार्य भएको निष्कर्ष निकालेको छ । सल्लाहकार समितिका संयोजक आनन्दु लामाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा बुद्ध जन्मेको देशमा बौद्ध स्तुपाका संरक्षकको गरिमामा आँच पुग्नेगरी माइकिङ गर्ने कार्य दुर्भाग्यपूर्ण भएको उल्लेख छ । उक्त कार्य निचताको परकाष्ठ भएको र सम्पूर्ण भक्त, लामा, भिक्षु तथा खेम्पोहरुको आस्था र भावनामा ठेस पु¥याएको बताइको छ । गत बैशाख पाँच गते बौद्ध स्तुपामा भएको परम्परागत तेमाल जात्रामा बौद्ध तथा मेलम्ची घ्याङ गुठी प्रमुख संरक्षक समेत रहेका बौद्ध स्तुपाका प्रमुख औतारी धर्म गुरु रेम्र्पोछे भूपति बज्र लामा बौद्ध स्तुपा प्रवेश गरी मृत आत्माको शान्तिको कामना गर्दै ‘मल्हम पुजा’ गर्ने कार्यक्रममा लामा र भक्तहरुले स्वागत गरेर बौद्ध स्तुपा परिक्रमा गराउदै गर्दा तामाङ कल्याण गुठीका सचिव समेत रहेका भूवन लामाले ‘नक्कली लामा’ भन्दै माइकिङ गरेको थिए । विज्ञप्ती मार्फत धार्मीक वितृष्णा फैलाउने र धार्मीक सद्भाव विथोल्ने गरी भ्रम र उत्तेजना सृजना गर्ने यस्ता कार्य आगामी दिनमा नगर्न समेत सम्बन्धी पक्षलाई सचेत गराइएको छ । साथै प्रशासन समक्ष कानुनी कारवाहीको माग समेत गरिएको छ । त्यस्तै तेमाल जात्रामा आउने भक्तहरुको स्वागतको लागि बौद्ध तथा मेलम्ची घ्याङ गुठीले प्रवेश द्वारमा राखेको ब्यानर हटाइएकोमा पनि घ्याङ गुठीले ध्यान आकृष्ट भएको जनाएको छ ।
बौद्ध स्तुपा र परिसरको किता नं. ४७ र किता नं. १९० को जग्गा बौद्ध घ्याङ गुठीको स्वामित्वमा रहेको र उक्त परिसर भित्र हुँने सम्पूर्ण धार्मिक कार्यको रेखदेख, राष्ट्रिय अन्तराष्ट्रिय धार्मीक गुरुहरुको व्यवस्थापन, स्वागत सत्कार, व्यानर, पोष्टर तथा होर्डिङबोर्ड राख्ने र पुजा स्थल तोक्ने काम परमपुज्य औतारी धर्म गुरुको रहेको भनि उच्च अदालत पाटनबाट आदेश भएको समेत विज्ञप्ती मार्फत सरोकारवालाई स्मरण गराइएको छ । नेपाल सरकारबाट परमपुज्य औतारी धर्म गुरु रेम्र्पोछे भूपति बज्र लामा चिनिया लामाको पदमा नियुक्त भएपछि विश्व सम्पदा सूचीमा सूचिकृत धार्मीक क्षेत्रलाई व्यपारिक प्रयोजनमा लगाउने कार्य र कानुन विपरितका अवाञ्छित गतिविधि रोक्न खोज्दा केही व्यक्तिले उल्टो भ्रम सृजना गर्ने र अर्नगल प्रचार गर्ने गरेकाले त्यस्तो भ्रममा नपर्न समेत विज्ञप्ति मार्फत अपिल गरिएको छ ।
Facebook Comments