
आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरका दुइ कर्मचारी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएपछी नियम अनुसार पाउने धरौटी फिर्ता लिन कर समायोजन पत्र बनाउन घुस लिने कर अधिकृत नवराज भट्टराइ र नासु सबिन सुबेदी बिरुध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सोमबार बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।
नासु सुबेदीलाइ घुस लिदै गर्दा आयोगले तिन साता अघि रंगे हात पक्राउ गरेको थियो
।
उनि माथि अनुसन्धान गर्ने क्रममा अधिकृत भट्टराईको समेत संलग्नता खुलेपछि उनलाई समेत पक्राउ गरि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताउनु भएको आजको नया पत्रिकामा समाचार छ ।
Facebook Comments