
========================
मधेश भन्ने होइन, तराई भन्ने हो। मैले यो “मधेश” शब्दको दुरुपयोग भैरहेको बिरुद्धमा धेरै पटक आवाज उठाउँदै आएको छु। खै, सम्बन्धित मानिसहरूले ध्यान दिए पो !
—————–
हो, हाम्रो नेपालमा “मधेश” भनिने कुनै बास्तविक ठाउँ वा भूभाग छैन। हामीहरूसँग हाम्रो तराई मात्र छ। त्यो तराईलाई “मधेश” भन्नु गलत र मुर्खता मात्र हो। बिगत १५० बर्ष देखि २०० बर्ष अघी भारतको “मध्य देश” भनिने ठाउंबाट आएर हाम्रो तराईमा बसोबास गरेका केहि हजार मानिसहरूले बसेको ठाउँलाई उनीहरू आएको ठाउँकै नामबाट “मधेश” नाम राख्नु गलत थियो। अहिले उक्त “मध्य देशबाट” आएर केहि हजारको संख्यामा बसोबास गरेकाहरुका सन्तानहरू केहि लाख भएका छन्।
————————
भारतमा त्यो समयमा अस्तित्वमा रहेको त्यो “मध्य देश” भनिने ठाउँ अहिले भारतकै बिभिन्न प्रान्तहरूमा बाँडिएको छ। त्यसैले, अंग्रेजको शासन भएको पुरानो भारतको त्यो “मध्य देश” भनिने ठाउँ वा भूभाग एउटा अलग राज्य/प्रान्तको रुपमा अहिले अस्तित्वमा छैन। भारतको मध्ये प्रदेश त्यस्ता प्रान्तहरू मध्य एक प्रान्त हो, जसमा त्यो “मध्य देश” को सानो भाग मिसिएको छ। यसरी, तत्कालिन भारतको “मध्य देश” बाट यहाँ आई केहि हजार मानिसहरू बसोबास गरेका थिए र त्यस्ता मानिसहरूले आफु बसोबास गरेका हाम्रो तराईको सानो हिस्सालाई “मधेश” नाम दिएको भरमा अहिलेको हाम्रो पुरै तराई भूभागलाई नै “मधेश” भनेर नामाकरण गलत थियो। “मध्य देश”बाट आएका मानिसहरूले आफुलाई त्यो समयमा “मध्य देशी” भन्थे र पछी समय-क्रममा उक्त शब्दको अपभ्रंश भएर “मधेशी” बन्न गएको हो। त्यस्ता सिमित संख्यामा नेपालमा बसाई सरेर बसोबास गरेका ती “मध्य देशी”हरूलाई अहिले मधेशी भनिए पनि, हाम्रो समग्र तराईलाई मधेश भन्नु गलत हो। यो गलत काम खासगरी राणा शासन र त्यसपछीको शाह शासनहरूका पालामा गरियो – उनीहरूले बिचार नै नगरी हाम्रो तराईलाई “मधेश” भन्न थाले। बुद्दीहिन निरंकुश शासकहरू ! खासगरी, राजा महेन्द्रको शासनकालमा यो शब्दलाई अत्यधिक हदसम्म प्रयोगमा ल्याईयो।
——————-
अहिलेको हाम्रो तराईमा यी “मध्य देश”बाट आएका मानिसहरूका केहि लाख सन्तानहरू मात्र बसोबास गर्ने हुन् र ? अहिले त तराईमा सबा करोड भन्दा बढी अन्य नेपाली समुदायहरूका मानिसहरू पनि बसोबास गर्छन। अनि ति सबैलाई पनि जबर्जस्ति “मधेशी” भनाउँन पाईञ्छ ? यो सरासर गलत। यसमा हाम्रा संचार माध्यमहरू, प्रशासकहरु, नेताहरू र कथित बुद्दीजिबी (अर्थात, भारु, युरो र डलरले पालिएका बुद्दीजिबीहरू) को समेत ठुलो गल्ती छ। जे होस्, अब देखि हाम्रो तराईलाई “मधेश” होइन, तराई भन्नु पर्छ।
————————
मैले यो “मधेश” शब्दको दुरुपयोग भैरहेको बिरुद्धमा धेरै पटक आवाज उठाउँदै आएको छु। खै, सम्बन्धित मानिसहरूले ध्यान दिए पो ! माथी भनिएको जस्तै, यसमा हाम्रा नेताहरूको पनि ठुलो लापरबाही छ। त्यसपछी, देशका संचार माध्यमहरू, प्रशासकहरू र कथित बुदीजिबीहरूको पनि ठुलो गल्ती छ।
———————————————
त्यस्तैगरी, अहिले आफूहरूलाई “मधिशे” भनेर जबर्जस्त दाबि गर्नेहरूलाई “मधिशे” होइन, तराईका भन्ने र “मधेशबादी” भनिनेहरूलाई तराई आधारित भन्ने गर्नु पर्छ। यहाँ कुनै “मधेशबादी,” कुनै पहाडबादी, कुनै गोर्खाबादी, कुनै ईलामबादी, कुनै पाल्पाबादी, वा कुनै महाँकालीबादी भन्ने हुँदैन। कुनै एउटा ठाउँ बिशेषको नामबाट कथित कुनै “बाद” (-ism) जन्मिने होइन। ठाउँको नामबाट “-बाद” भन्ने कुरा नै नजन्मिने भएपछी, के को “मधेशबाद” हुन्छ ? “मधेशबाद” नै नभएपछी कसरी “मधेशबादी” हुन्छ ?
————————
केहि मानिसहरूले एउटा अर्को शब्द पनि कहिलेकाहीं प्रयोग गरेका देखिएको छ। त्यो शब्द हो: “तराई-मधेश।” यो शब्द बर्णशंकर (Hybrid) शब्द हो। यो आफ्नो बिचारमा स्पष्ट नभएका मानिसहरूले प्रयोग गर्ने शब्द हो। यो पुरै गलत हो।
————–
त्यसकारण, अब देखि सबैले, मधेश, मधेशी, मधेशबादी, मधेशबाद र तराई-मधेश जस्ता शब्दहरू बोल्न र लेख्न बन्द गरौँ भन्ने मेरो आब्हान छ – सबै नेताहरू, प्रशासकहरू, संचारकर्मी, बुद्दीजिबीहरू र सबै सामाजिक संजालेहरूलाई। अब देखि सबैले “मधेश” भन्ने होइन, तराई भन्ने हो !
दीपक मंरालको फेस बुकबाट
Facebook Comments