Loading...
यस्तो स्कूल, जँहा पढ्दा पाइन्छ उपहारै उपहार, कसले पाए साइकल उपहार ? यस्तो छ नियम

कृष्णानगर/संवाददाता बैशाख ११ कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वार्ड नं ६ भिल्मीमा अल किताब एजुकेशनल एकेडमी (मदरसा एहयाउ ससुनना) मा वार्षिक परीक्षाको नतीजा प्रकाशन र पुरुस्कार वितरण कार्यक्रम गरियो ।

नर्सरी क्लास देखी पांच सम्म संचालन यस विद्यालयमा शिक्षा प्रति प्रोत्साहित गर्नका लागि कक्षामा प्रथम देखी पांच स्थान सम्म आउने विद्यर्थीलाई विभिन्न पुरस्कार र त्यही अनुसार विद्यालयमा स्वच्छ पोशाक ड्रेस, सबै भन्दा धेरै अनुशासन मानने विद्यर्थी, सबै भन्दा धेरै उपस्थित रहने विद्यर्थी हरु लाई सम्मान र पुरस्कार दिएर पुरस्कृत विद्यालय प्रशासन ले गरेको छ।

कार्यक्रममा विद्यालय का मैनेजर जावेद आलम खानले निरन्तर गर्ने पनि भन्नू भयो ।यस कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपाल का प्रदेश न ५ का प्रवक्ता अकरम पठानले शिक्षालाई प्रोत्साहन गर्ने स्वरुप आफ्नो तरफबाट उक्त विद्यालयको किंग ऑफ स्कूल र किंग ऑफ मोरैलिटी छात्र लाई २ बटा साइकल दिनु भयो ।

यस कार्यक्रमको संचालन प्रधनाध्यप रजीउद्दीन खां ,विशिष्ट अतिथि शिवपूजन यादव ,निर्वाचित वार्ड सदस्य दीपेंद्र मिश्र ,छात्र छात्रा अभिवाहकहरुको उपस्थिति थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *