
काठमाडौँ – सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ । विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ तर, हैसियत अनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकता अनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन ।
विभागका एक पूर्वमहानिर्देशकले भन्नु भएको छ – ‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।
Facebook Comments