Loading...
लहानका यमराज मेयर मुनी साह, जनतालाइ जिउदै मार्न सुताउदै छन् फोहोरका डुङ्गुरको बिचमा

अभ्रेंद्र यादव सिरहा

विगत एक हप्तादेखी अमानवीयरुपमा दुषित वातावरणमा कष्टकर जिवन विताइरहेका लहान नगरपालीका वार्ड नं. ४ का स्थानीयको लागी लहान न.पा. मेयर यमराजको व्यवहारमा उत्रेको छ । स्थानीय सरकारको प्रत्यक्ष सिंह पलाएको अनुभुति भइरहेको समेत पिडितहरु वताउँछन् ।
स्थलगत रिपोर्टिङ्गको क्रममा वुझ्न जाँदा अझै नगरपालीकाको ट्रयाक्टरमा लोडगरिएको फोहर विच वस्तीमा रोकी राखेको र उक्त फोहरवाट फैलिएको दुर्गन्धले एकछिन पनि वस्न अप्ठ्यारो भएको अवस्थामा कसरी दिन रात काट्दै स्थानीय वसेका छन् । वाँच्न पाउने अधिकारवाट वञ्चित वडा वासिको आक्रोस र विग्रिदो स्वास्थ्य स्थिीत कसरी स्थानीय सरकारले मानवताको धर्म निर्वाह गर्न नसकेको अनुभुति हामीलाई पनि भयो ।
लामो समयदेखी लहान नगरपालीका भित्र स्थानीयको जिवन कष्टकर भएको छ । विकाश प्रेमी नेताका रुपमा चिनिएका नगरपालीका प्रमुख मेयर मुनी साह अहीले स्थानीय सरकारमा यमराजको भुमिकामा रहेको स्थानीय वडा अध्यक्ष रामनाथ पण्डीतको वुझाई, का साथै सम्पुर्ण नगरवासीले हामीले जाने वुझेको जस्तो मुनी साह अहिले नरहेको वताए ।
यसो त मुनी साह मेयर भएदेखी लहानको फोहरको वारेमा पटक पटक सञ्चार माध्यम र समाजीक सञ्जालमा आउने गरेको थियो तर यसपाली मानवताको सम्पुर्ण धर्म विर्सिएको छ । अहिले पनि विगत एक हप्ताले लहान न.पा.को फोहर न उठ्दा शहरनै दुर्गन्धित भएको छ ।
२०६८÷०६९ सालमा सर्वदलीय समितिवाट पास भएको बलान खोला उत्तरको जग्गामा डम्पीङ्ग साईट बनाउने भनीएपनी । वडा नं. ४ वासीलाई तत्कालिन कार्यकारी अधिकृतले आधुनीक डम्पीङ्गसाईटको नमुना वनाउनेवताउँदै, पार्क, बाल उद्यान, खेलमैदान, आँपको फुलवारी, रहने लगायतको विभिन्न विकाशको आशलाग्दो सपना देखाई अहिलेको वडानं. ४ मा खुट्टिखोला किनारमा फोहर फाल्ने कार्य प्रारम्भ गरेको थियो । उक्त ठाउँमा अहीले आधुनिक भवनहरु निर्माण भएको, प्रदेश सरकारवाट खेल मैदान स्विकृत भैसकेको, विभिन्न संस्थाहरुको भवनहरु निर्माण भैसकेको तर विगतमा देखाएको कुनै पनि कार्य प्रारम्भ नभई डम्पिङ्गसाईट मात्र भएकोले स्थानीयको जिवन कष्टकर भएको छ । पटक पटक स्थानीयको आग्रह गर्दापनि नगरपालीका वाट कुनै ठोस पहल हुन सकेन । स्थानीय महेश महतोले वताए ।
अहिले आएर लहान नगरपालीका २४ वटा वडाहरु भएपछि फोहरको मात्र झन दुई गुणा वढेको र जसमा विभिन्न अस्पतालको फोहर, मानव शरीर, गाई वस्तुको सिनो समेत आउने गरेकोले सम्पुर्ण क्षेत्र नै दुगंन्धित भई मानव वस्ती नै विस्थापीत गर्नु पर्ने अवस्था रहेको छ । उक्त फोहरमा सिनो खाएका कुकुर र स्यालले दिउँसै खेती जानेगरेका किसानहरुलाई आक्रमण गर्ने गरेकोले दैनिकी कष्टकर भएको छ । स्थानीय सरकारका प्रतिनिधी वडा अध्यक्षलाई स्थानीय वडा वसिले विरोध गरेपश्चात वडा अध्यक्ष रामनाथ पण्डीतले नगर कार्यपालीकाको वैठकमा पटक पटक डम्पिङ्गसाईट अन्यत्रसार्नु पर्ने माग राख्दा पनि मेयर लगायत अन्य सदस्यहरुले तपाई एउटै कुरा ल्याउनु हुन्छ भनि वेवास्त गरेको कुरा वडा वासीलाई जानकारी गराएको अध्यक्ष लेवताउनु भयो । वडा वसीको आमभेलाले डम्पिङ्गसाईट अन्यत्र सार्ने गरेकोनिर्णय वुझाउन जाँदा समेत वडा अध्यक्षलाई मेयरले आफ्नो कार्यकक्षमा दुर्वयवहार गरेको र उक्त समस्या प्रति कुनै प्रतिक्रिया नदिएको कुरा वडा वासिलाई जानकारी गराउँदा आक्रोसित स्थानीयले फोहर वोकेर आएको ट्रयाक्टर रोक्न खोज्दा ट्रयाक्टर चालकहरु विच वाटोमै ट्रयाक्टर रोकी मेयरलाई जानकारी गराउँदा तिमीहरु ट्रयाक्टर छोडेर कार्यालय आउभेैको भन्दै चालकहरु उक्त स्थानवाट गएका थिए ।
अव केही निकास होलाकी भन्दै वसेका स्थानीयलाई दुई दिन सम्म नगरपालीकावाट कुनै पहल नभएपछि फोहरले मानव वस्ती मा स्थानीय विरामी पर्न लाग्दा स्थानीयहरु ले विभिन्न आन्दोलक को माध्यम वाट मेयरलाई जानकारी गराउँदा सम्म कुनै निकास न निस्केको वडा अध्यक्ष रामनाथ पण्डीतले समेत दुःख पोखेका छन् ।
यसै सम्वन्धमा हामी वडा समीतिका महीला सदस्य द्धय रुका देवी पंजियार र उर्मिला देवी दास ले हामी पटक पटक मेयर साहव लाई आग्रह गरेको तर हामीलाई कुनै वास्ता गरेन यसको मतलव यस वार्डका जनता संग कुनै सरोकार नरहेको जस्तो देखीयो ।
डम्पीङ्ग साईट लहानको पुर्वि क्षेत्रमा रहेकोले २४सै घण्टा स्थानीयले सास्ती भोग्दै स्वास् प्रश्वासको माध्यमवाट विषादी पिउन वाध्य पारेको आरोप स्थानीयको छ । स्थानीय को पिडामा मेयर रमाईरहेको स्थानीय लेखा पढी व्यवसायी विरेन्द्र कुमार मण्डलले दुःख व्यक्त गर्नुभयो ।
उक्त डम्पिङ्गसार्यटको व्यवस्थापन कसरी गर्ने वारे स्थानीय संग वुझ्न खोज्दा लहान नगरपालीका अहिले २४ वटा वडा भएकोले हजारौ विगहाको जङ्गगल हामि संग रहेको र उक्त जङ्गगल मान वस्ती भन्दा कयौ किलो मिटर अलग रहेकोले र विभिन्न खोला खोल्सी भएको हुँदा फोहर व्यवस्थापनमा कुनै समस्या नहुने स्थानीयको भनाई छ ।
यस्तो परिस्थीतिमा चाँडो भन्दा चााडो निकाश सम्वन्धित सरोकारवाला निकाय तथा मानवअधिकार वादी संस्थाको समेत ध्यान जाओस स्थानीय समाजसेवी जितेन्द्र प्रकाश महतोको आग्रह रहेको थियो ।
यस सन्दर्भमा न.पा. लहानमा सम्पर्क गर्दा कोहि सम्पर्क हुन सकेन एक कर्मचारीले नाम नवताई पहल भई रहेको वताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *