Loading...
कितावलिन गएका धामी मृत फेला, घटना बारे अनुसन्धान हुदै–दार्चुला प्रहरी

अगुवा समाचार, दार्चुला
दार्चुलामा एक युवक भिरबाट लड्ेर मृतक अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ६ राङपाङ घर बस्ने अन्दाजी ४० वर्षका महादेव माविका कार्यालय सहयोगी इन्द्र सिँह धामी रहेकाछन् ।
यही बैशाख ८ गतेका दिन किताब लिनका लागि लटिनाथ आएका धामी बेलुका घरफर्किने क्रममा केलाहालगौडा भन्ने भिरबाट खसेर मुतक अवस्था भेटिएपछि गत विहिवार स्थानीयले थाहा पाएर खबर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनु भएको छ ।
विहिबार बिहान इलाका प्रहरी कार्यालय लटिनाथबाट गएको टोलीले मृतक धामीको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पु¥याएको थियो । घट्ना बारे अनुसन्धान गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *