Loading...
उपभोक्ताले उपभोक्ता समिति बनेको थाहापाएनन्, नातावाद र कृपावादमा समिती गठन्

अगुवा सन्देश, कैलाली
कैलाली को लम्कीचूहा नगर पालिकामा निर्माण भईरहेका बिकासका योजनाहरू नियम बिपरित निर्माण गरिरहेको यहाँका स्थानीय बासिन्दाहरुले बताएछन् ।
लम्कीचूहा नगरपालिका वडा न १० चूहा बजार देखी उत्तर तर्फ इन्द्र बहादुर बिष्ट को घर सम्म निमार्ण भईरहेको कालो पत्रे सडक खण्ड इन्जीनियरको ईष्टमेन्ट बिपरित निर्माण भईरहेको स्थानीय बासिन्दा नबराज खड्काले अगुवा सन्देशलाई जानकारी दिएकाछन । यस वडामा भईरहेका अधिकांश बिकास निमार्णका कार्यमा समानुपातिक समावेशिता का आधारमा नभई राजनितिक कार्यकर्ताहरू बसि कोठे भेला मार्फत उपभोक्ता निर्माण समिति यस वडाका वडा अध्यक्षको रोहबरमा निर्माण हुने गरेको खड्का को भनाई रहेको छ । यसको ज्वलन्त उदाहरण लम्कीचूहा नगर पालिका वडा न १० तोरीपुरमा निर्माण भईरहेको कल्भर्ट निर्माणकालागी बनेको उपभोक्ता समितीलाई लिन सकिन्छ ।
सो कल्भर्ट निर्माण भईरहेको स्थानका दायाँ–बायाँमा रहेका प्रत्यक्ष उपभोक्ता लक्ष्मी जोसी र जलु बि.क. लगाएतका स्थानीय बासिन्दाहरूलाई जानकारी नै नगराई कोठे भेला मार्फत एऊटा समिति निर्माण गरियो । जसको अध्यक्षमा एक जिम्ेवार राजनितिक दलका स्थानिय नेता र सचिवमा स्थानिय स्तरमा रहेको एक विध्यालयका प्र.अ.लाई बनाईएको थियो ।
सो कोठै बैठकबाट बनाइएको उक्त उपभोक्ता समिती गठनको चाल पाएर स्थानिय वासिन्दाहरुले बिरोध जनाएपछि सो उपभोक्ता समिती वडा अध्यक्षको रोहवरमा रातारात फेरबदलगरि सचिवमा वडा अध्यक्षका भान्जा मुकेश कठरियालाई बनाइयो छ ।
स्मरण रहोस कुनैपनि उपभोक्ता समितीमा राजनितिक दलमा प्रत्यक्ष पद बहाली भएको र सरकारी जागीर भएको व्यक्तिले बस्न नपाउने प्रावधान रहेको पाइन्छ । सो समितीका सचिव मुकेश कठरिया वडा अध्यक्ष हर्क बहादुर कठरियाका आफ्नै भान्जा हुन ।
उपभोक्ता समितिमा जहाँसम्म आफु हुनु पर्ने यदि आफु नभए नातावाद र कृपावादमा सिमीत हुने हो भने समावेसिता र समानुपातीकताको नारा, नारामै सिमित हुने प्रति गम्भिर ध्यानाकर्षण भएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *