
कपिलवस्तु ।१४ बैशाख संघीय समाजवादी फोरम नेपाल कृष्णनगर नगरपालिकाको प्रथम अधिवेशनले पप्पु काका भनेर चिनिने गोपाल प्यारे चँदेल कोे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आरती सिंह यादव सचिवमा जगमोहन वरइ , सहसचिवमा राहुल मोदनवाल, कोषाध्यक्षमा रेखा माली सदस्यहरुमा राजकुमार यादव , प्रमिला कुर्मी , राजकुमार भुज चन्द्रीका गुप्ता सहित २३ सदस्यीय कार्य समिति चयान भएको छ ।
त्यसै क्रममा जिल्ला समन्वय समितिको लागि गोपाल प्यारे चन्देल, आरती सिंह यादव , जगदीश प्रसाद चौधरी र मुन्नलाल पाललाई चयन गरेको छ । नव निर्वाचित सम्पुर्णलाई पार्टीका नेताहरुले संघीयता र पहिचानलाई स्थापित गराउन खटिनु पर्नेमा जोड दिदै सफल कार्यकालको शुभकामना दिनु भएको छ । कार्यक्रममा केन्द्रिय सदस्य मंगल प्रसाद गुप्ता, रामबरण प्रसाद यादव प्रदेशका प्रवक्त अब्दुल रहमान अकरम पठान, प्रदेशका युवा नेता शैलेश प्रताप शाह, शिवपुजन यादव, यादव लयागतको शुभकामना दिनु भएको थियो ।
Facebook Comments