
हेमन्त माण्डव्य, कैलाली
“सन्त निरंकारी मिसन कुनै धर्म या सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा हो” भन्ने मुल ध्य लिएर सन्तनिरंकारी मिसन कि वर्तमान सदगुरु माता सुुदिक्षा जि महाराज आज वैषाख १५ गते आइतवार पहिलो पटक नेपालमा आउदैछन् ।
सन्त निरंकारी मण्डल नेपालको आयोजनामा हुने नेपालका विभिन्न चार ठाउँहरुमा सदगुरु माता सुदिक्षा जिले सम्वोधन गर्ने कुरा जनाइएको छ । आज वैषाख १५ गते आइतवार भारतको राजधानी दिल्लीबाट सदगुरु माता सुदिक्षा जि काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । पाँच दिनको अनौपचारीक भर्मण पछि वैषाख २० गते मण्डलको केन्द्रिय कार्यालय हातिबन काठमाडौंमा सदगुरु माताले नेपाली भुमिमा पहिलोपटक आफ्नो सम्वोधन गर्नेछन् । वैषाख २० गते गण्डगी प्रदेशको पोखरामा श्रद्धालु भक्तजनहरुले उहाँको सम्वोधनलाई श्रवण गर्नेछन् । त्यसैगरि वैषाख २५ गते प्रदेश नं ५ बाँके जिल्लाको नेपालगञ्जमा हुने सन्त समागममा सन्त भक्तहरुले सतगुरु माता जी को दर्शन गर्नेछन भने वैषाख २६ गते शुदुर पश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको टीकापुरमा विषाल सन्त समागमको आयोजना गरिने छ ।
सन्त निरंकारी मण्डल टीकापुर साखाको आयोजनामा शिटी हल टीकापुरमा साँझ ५ बजे देखि रात्रि ८ बजेसम्म हुने सन्त समागममा मिसन कि वर्तमा सदगुरु सुदिक्षा महाराजले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको कुरा सन्त निरंकारी मण्डल टीकापुर साखाका मुखि महादेव भण्डारीले वताएकाछन् । नेपालका अन्य चार ठाउँमा कार्यक्रम रहेतापनि विशेष रुपमा भने यहि वैषाख २६ गते साँझ ५ बजे देखी रात्रि ८ बजेसम्म सन्त समागमको कार्यक्रम टीकापुरमा नै हुने कुरा सन्त निरंकारी मण्डल स्रोतले वताएको छ ।
स्मरण रहोस सन्त निरंकारी मिसनका सदगुरु माता सविन्दर हरदेव सिंह जि महाराजको देहान्त पछि उहाँ कि पुत्रि सुदिक्षा जि सन्त निरंकारी मिसनको प्रमुख सदगुरु रुपमा अवतरित भएको वताइन्छ ।
Facebook Comments