
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ अहिले ९ बजे बाँडफाँड हुदैछ। लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा उक्त आईपिओ बाँडफाँड हुनेछ ।
१५ हजार १२० आवेदकले मात्र गोलाप्रथाबाट उक्त शेयर प्राप्त गर्नेछन्। यो बैध आवेदकको ४.८० प्रतिशत मात्र हो। बैध आवेदकको ९५.२० प्रतिशत अर्थात दुई लाख ९९ हजार ८०५ आवेकदको हात खाली हुनेछ।
आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । जसमा तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो।
Facebook Comments