
अगुवा सन्देश, कैलाली
कैलाली को बर्दगोरीया गाउ पालिका वडा न ३ बुटकवामा एक महत्वपूर्ण पर्यटकीय गतब्य स्थलको निर्माण कार्य थालिएको छ । आर्थिक बर्ष २०७५/७६ को वडा न ३ को कार्यालय ले सात लाख रुपैयाँ छुट्याएपछि सो निर्माण कार्य शुरू भएको हो । श्री जगदम्बिके माध्यमिक विद्यालयको एक कीलो मिटर पश्चिम मा पर्ने उत्त स्थानलाई धार्मिक तथा पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्य अनुरूप राधेश्याम को मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष खडक रिझालले अगुवा सन्देशलाई जानकारी दिएकाछन् । करिब सात सय बढी घर धुरी रहेको यो गाउँमा बर्षात समयमा चारै तिर नदीले घेरिएका कारण पुजा गर्न निकै समस्या हुने गरेको रिझालले बताए । पुर्व तिर काडा नदि र पश्चिम र दक्षीण तर्फ झझीया नदी ले घेरिएकोले बर्षात को समयलाई मध्य नजर गर्दै धार्मिक स्थल निर्माण गरिएको निर्माण समितिका सचिव टेक बहादुर रोकायाले वताएकाछन । अब यस स्थान मा भगवान शिव–पार्वती, राम–सिता, हनुमान जी लगाएतका सम्पूर्ण मन्दिर निर्माण गर्ने उदेश्य रहेको उहाँको भनाई रहेको थियो । धार्मिक संरक्षण तथा सम्बर्धन समिति निर्माण गरेर यसको प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लाग्नेमा बिश्बस्त रहेको सचिव रोकायाले बताए । बिभीन्न स्थानमा जातिय भेदभावका घटना बाहिर आईरहेका बेला यस ठाउँमा भने मन्दिर निर्माण समितिको कोषाध्यक्ष नै दलित समुदाय भित्रको व्यक्तिलार्ई बनाएकोमा आफु अत्यन्त खुशी भएकोे मन्दिर निर्माण समितिका कोषाध्यक्ष पट्टु भुल बताउछिन । हामीले समेत मन्दिर निर्माणमा सहभागिता जनाउन पाउदा समाज मा सकारात्मक सन्देश गएको कोषाध्यक्ष भुलको भनाई रहेको थियो । साथै यस स्थललाई धार्मिक पर्यटकीय स्थानका रूपमा बिकास गर्नका लागि सबै क्षेत्र तह तप्काबाट आवश्यक सहयोग गरिदिन स्थानीय बासिन्दाहरुको आग्रह रहेको छ ।
Facebook Comments