Loading...
कैलालीको लम्किमा ट्रकले ठक्कर दिदा एक यूवतीको निधन, लम्की तनावग्रस्त, अश्रु ग्याँस प्रहार

अगुवा सन्देश,कैलाली
आज कैलालीको लम्की तनावग्रस्त भएको छ । लम्की बहुमुखि क्याम्पसबाट घर फर्किदै गरेकी करीव २१ की सुनिता राजल भण्डारीलाई पुर्वबाट पश्चिम तिर गइरहेको मालबाहक ट्रकले लम्की बजारको विद्युत पावर हावस अगाडी ठक्कर दिदा घटना स्थलमै निधन भएको छ ।
सो घटना पश्चात सुनिताका आफन्त र स्थानियहरुले घटनाका दोषीलाई हदैसम्मको कार्वाहीकालागी आन्दोलन गरीरहेकाछन् । आन्दोलनका क्रममा स्थानिय र प्रहरी विच झडप हुदा दुवैतिर घाइते समेत भएकाछन् । पिडीत आन्दोनकारीहरुको भिडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । अश्रु ग्याँस प्रहार गर्दा समेत पिडीत पक्षहरुले लासलाई सडकमै राखेर आन्दोलन गरिरहेको कुरा लम्कि स्थित हाम्रा सहकर्मि कल्पना तिमिल्सैनाले जानकारी गराएकीछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *