
अगुवा सन्देश, कैलाली
नेपाल—भारत जोड्ने व्यासँ गाउँपालिका वडा नम्बर ५ मा रहेको तिग्रम पुल क्षेत्रमा मर्मत हुने भएको छ । पहिरोको जोखिममा रहेका हुदाँ तिग्रम पुल क्षेत्रमा मर्मत हुन लागेको हो ।
व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकीको पहलमा नेपाल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विकास शाखाले तिग्रम पुल क्षेत्रमा मर्मतका लागि टेन्डर आह्वान गरेको छ । पुलमाथिबाट पहिरो आएकाले ढुङगा खस्ने खतरा हुनका साथै पुलको छेउमा बाटो मर्मत गर्नुपर्ने अवस्था रहेको हुदाँ पुल मर्मत गर्न चैत्र २६ गते देखि यही बैशाख २६ गते सम्म बोलपत्र आहावान गरीएको व्याँस गाउँपालिका अध्यक्ष बुढाथोकीले वताएकाछन् । टेन्डर आह्वान भएपछि यही चालु आर्थिकवर्ष भित्रमा तत्काल पहिरोको जोखिम कम गर्नका लागि पुल मर्मत गर्नेगरी कार्य सञ्चालनमा ल्याइने व्यासँ गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । २०७४ सालमा सस्पेन्सन ब्रीज डिभिजन मार्फत कञ्चनपुरको श्री माना÷मालिका जे भीले निमार्ण गरेको तिग्रम पुल हाल पहिरोको उच्च जोखिममा रहेको छ । २०७५ भाद्र २ गते राती अविरल वर्षाको कारणले तिग्रम पुलको नेपालतर्फ लगभग १ हजार वर्र्गिमटर क्षेत्रमा पहिरो गएको थियो । पहिरो गएको भएपनि पुललाई कुनै क्षेती नभएको भएतापनि आवतजावतलाई भने जोखिमपूर्ण बनाएको छ । तिग्रम पुल तरेर भारतीय मोटरबाटो हुदैँ सदरमुकाम खलंगासम्म व्याँस गाउँपालिकाको हुती, धौलाकोट, सुन्सेरा र सिना लगायतका स्थानीयहरुले आवत जावत गर्ने गर्दछन् । पुल बन्द हुदाँ स्थानीयहरुले निकै समस्या झेलि रहनु परेको छ । पुल मर्मत हुने भएपछि आगामी दिनमा वर्षातको समयमा सो ठाउँमा पहिरोजान रोकीने र नेपाल—भारत आवतजावत नै बन्द गर्नुपर्ने समस्या टर्ने भएकोले अव दिर्घकालीन रुपमा आवागमनमा सजिलो हुने स्थानीयवासीहरु बताउने गर्दछन् ।
Facebook Comments