Loading...
महाशक्तिको रूपमा अघि बढ्दैछ फोरम नेपाल : शहरी बिकाश मन्त्री इस्तियाक राई

बैशाख १८ कपिलवस्तु । संघीय समाजवादी फोरम नेपाल प्रथम राष्ट्रिय एकता प्रदेश अधिवेशन कार्यक्रमका अतिथी शहरी बिकाश मन्त्री इस्तियाक राईले उद्धघाटन शत्रलाई सम्बोधन गर्दै ससफो नेपाल महाशक्ति रूपमा अघि बढी रहेको दाबी गर्नु भयो । समान एजेन्डा मुद्दा भएको शक्तिहरुलाई समाबेश गरेर देशमा संघीयता कार्यवन्यन , उपेक्षित उत्पीडितहरुको अधिकारको लागि महाशाक्तिशाली भएर हिमाल पहाड तराईमा अघि बढने जिकिर गरे । नेकपा र काङ्ग्रेस को बैकल्पिक शक्ति नै फोरम नेपाल रहेकोले बाबुराम भट्टराई नेतृत्व को नयाँ शक्ति पार्टी पनि एकीकरण हुने अवस्थामा रहेको बताए । नेकपा र काङ्ग्रेस पुराना थोत्रा गाडी भइसकेको र अब आउने दिनमा फोरम नेपाल ले नै सरकारको नेतृत्व लिनु पर्ने अवस्था आउनेछ त्यसैले आआफ्नो ठाउँबाट सक्रिय भइ लाग्नुपर्ने मन्त्री राईले अग्रह पनि गर्नु भयो । विना भेदभाव, विना कुविच्क्षा, जाति, धर्म, सम्प्रदाय सवैको साझा नेतृत्वको लागि संघिय सामाजवादी फोरम नेपाल हो । जनजाती, पहाडी, खस सवैको लागि समुचित सहभागिताको लागि फोरम नेपाल जहिले पनि तयार रहेको र रहि आएको उहाँले बताउनुभयो । विभेद रहित समाबेशी लोकतन्त्र , पहिचान सहितको संघीय गणतन्त्र भन्ने मुल नाराका साथ प्रदेश ५ को प्रथम राष्ट्रिय एकता तथा अधिबेशन कृष्णनगरमा भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *