
काठमाडौँ । संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता गर्न सहमति भएको छ । शक्रबार अबेरसम्म चलेको छलफलपछि एकताको सहमति भएको हो । सहमति पछि एकीकृत पार्टीको नाम भने समाजवादी पार्टी नेपाल राख्ने जनाइएको छ । पार्टीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई संघिय समितिको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने जानकारी प्राप्त भएको छ ।
आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन् भने वैशाख २३ गते पार्टी एकता घोषणा हुने एक नेताले बताएका छन् ।
एकताको सहमतिपत्रमा केहीबेरमा भट्टराई र यादवले हस्ताक्षर गर्ने तयारी समेत रहेको जानकारी प्राप्त भएको छ ।
Facebook Comments