Loading...
मजाक गरेर सरकारको नीति तथा कार्यक्रम लेख्नेलाइ गाला चड्काउन वाइसियलको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन वाइसियल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कतिपय शब्द गणतन्त्र सुहाउँदो नभएको भन्दै त्यस्तो शब्द लेख्नेलाई गाला चड्काइदिनु भनेका छन् ।

आज सदनमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपती विधादेवी भण्डारीले पटक पटक मेरो सरकार भन्ने शब्दावली प्रयोग गरे पछि अहिले त्यसको चोतर्फी आलोचना भएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सापकोटाले राष्ट्रपतीको गतिविधी गणतन्त्र सुहाउँदो नभएको तर्क गरेका छन् । उनले लेखेका छन्_ “शब्द गणतन्त्रप्रिय भएन र सुन्नै नमिल्ने सुनियो । बाटो र आकाशै खाली गरेर हिडेको त झनै सुहाएन ।

यसमा राष्ट्रपतिभन्दा पनि उनका ढोके, हुक्के र चम्चेहरूले यत्तिपनि किन नबिचारेका हँ ? यिनलाई जनताको रगतको जगमा प्राप्त गणतन्त्रमाथि यत्तिधेरै मजाक गर्ने अधिकार छ ? भेट्न पाए र थाहा भए सरकारको नीति कार्यक्रममा यस्तो शब्द लेख्ने सामन्तको सन्तानलाई गाला चड्काईदिनु !”

www.onlinepana.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *