Loading...
नेपाली राजनीतिबाट फोरम शब्दले लियो बिश्राम, नयाँ पार्टीको नाम “समाजवादी पार्टी नेपाल”

काठमाडौँ । संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता गर्न सहमति भएको छ । शक्रबार अबेरसम्म चलेको छलफलपछि एकताको सहमति भएको हो । सहमति पछि एकीकृत पार्टीको नाम भने समाजवादी पार्टी नेपाल राख्ने जनाइएको छ । पार्टीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई संघिय समितिको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने जानकारी प्राप्त भएको छ ।

कुनै एउटा समय थियो जति बेला मधेशीलाइ देख्ने बितिकै फोरम भनेर जिस्काउने गरिन्थ्यो भने मधेशी जनअधिकार फोरम नेपाल देश कै चौथो ठूलो शक्ति समेत बनेको थियो । यो शब्दमा यति शक्ति थियो कि राजकिशोर यादव , विजय गच्छदार, लगायतले आफ्नो पार्टी को नाममा फोरम शब्द लगाएको थियो । त्यति मात्र होइन विजय गच्छदार र उपेन्द्र यादव बीच त मधेशी जनअधिकार फोरम नेपाल नाम कै लागि निर्वाचन आयोगमा मुद्दा तथा दाबी समेत चलेको थियो । उपेन्द्र यादवले तत्कालिन संघिय समाजबादी पार्टी संग एकता गर्दा समेत संघिय समाज बादी फोरम नेपाल नाम राखेका थिए । अहिले नेपाली राजनीतिबाट फोरम शब्दले बिश्राम लिएको छ ।  नया पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।

आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन् भने वैशाख २३ गते पार्टी एकता घोषणा हुने भएको छ ।

पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अडि्कएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *