Loading...
मैले पढ्दा सम्म “मेरो सरकार” थिएन, कुन चाहिले कति बेला थपेछ, पछि घुसेछ जस्तो छ- प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले मेरो सरकारबारे आफूलाई जनाकारी नभएको बताएका छन । संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुसँगको छलफलमा नीति तथा कार्यक्रम तयार गर्ने क्रममा आफूलाई प्राप्त भएको प्रतिमा ‘मेरो सरकार’ नभएको जानकारी दिएका थिए।

प्रचण्डले भन्नु भयो -, ‘मैले राम्रोसँग हेरको हुँ। मैले पढ्दा मेरो सरकार थिएन। पछि कहाँबाट घुसाइयो। म भन्न सक्दिनँ।’

प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्री प्रवेश गरेका थिए। प्रधानमन्त्री ओलीले बोल्ने क्रममा संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बोलीको बचाउ गरेका थिए। उनले आफ्नो भनाइ राखिसकेपछि सांसदहरुले यसबारे धारणा राख्न हात उठाए पनि ओलीले समय दिएनन्।

‘मेरो सरकार शब्दावलीप्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *