Loading...
दिनदहाडै डकैती गर्ने, जनता ढाँट्ने सरकारले नीति तथा कार्यक्रम भाङ खाएर लेख्या हो ? – महतो

२२ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रमको सातौं बुँदामा संविधान कार्यान्वयनमा सिंगो राष्ट्रलाई एक जुट बनाउन सफल भएको र संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको उल्लेख गरिएको प्रसंग निकाल्दै नेता महतोले सरकारले झुटो बोलेको दाबी गरेका छन् ।
आइतबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा महतोले भन्नु भएको छ -“संविधानमा कसैको पनि विमती छैन भनेर सरकारले सफेद झूठ बोलेको उनको आरोप छ । ‘झुठको खेती जस्तै छ यो । जनताको अधिकारमाथि दिनदहाडै डकैती, जनता ढाँट्ने, जनतालाई गुमराहमा राख्ने काम सरकार ले गरेको छ । उहाले सरकार संग प्रश्न गर्नु भएको छ ” नीति कार्यक्रममा विमती छैन भनेर लेख्ने ? भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ?’

उहाले संविधानलाई धर्मग्रन्थ जस्तो नठान्न चेतावनी समेत दिनु भएको छ । ‘जबजब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ नी त्यो संविधान गइहाल्छ, बाईबाई भइहाल्छ,’ उहाले भन्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *