Loading...
यी हुन् यादव र भट्टराइ मिलेर बनाएका समाजवादी पार्टी नेपालका पदाधिकारीहरु (नामावली सहित)

३ वैशाख, काठमाडाैं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ भने दुइ पदाधिकारी घोषणा हुन बाकि रहेको छ । एकता पछि संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव भएका छन् ।

पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् भने महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । त्यस्तै

उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादव रहनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *