
३ वैशाख, काठमाडौं । नवगठित समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता अशोक राइले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई सिंहदरबारबस्ने स्यालहरु भएको दाबी गरेका छन् ।
काठमाडौंमा सोमबार फोरम र नयाँ शक्ति पार्टीको एकिकरण घोषणा कार्यक्रममा राइ ले भन्नु भयो -, काँग्रेस-कम्युनिस्टहरु त्यो स्याल हुन् जो सिंहदरबारमा बस्ने गरेका छन् ।’ उहाले देश बनाउने असली सिंह आफ्नो पार्टी , नेता तथा कार्यकर्ता भएको दाबी समेत गरेका छन् । उहाले भन्नु भयो -” सिंह दरवारमा बस्न लायकको सिंह आज हामी प्रज्ञा भवनमा जम्मा भएका छौ बाकीहरु काम नलाग्ने स्यालहरु हुन् ।
समाजबादी पार्टी नेपालका वरिष्ठ नेता अशोक कुमार राई भन्नू हुन्छ “म नेपाली राजनीतिमा ४५ बर्ष देखि छु ।
करिब ३० बर्ष देखि म सिंहदरबारको आसपास घुमीरहेको छु, हिडिरहेको छु ।
सिंहदरबार भनेको स्वाभाविक रूपमा, शाब्दिक अर्थले हेर्दा पनि सिंहहरु बस्ने दरबार हो। तर हिजो आज म जब सिंहदरबारको आसपास जान्छु, स्याल कराएको मात्र सुन्छु ।
स्याल कराएको मात्र सुनिन्छ…….
सिंहहरु कहा गए भनेर अलिकति सोच्दा खेरी, चिन्ता गर्दा खेरी, टुंगो के लाग्यो भने । सिंहहरु चही आज यो कमलादीको प्रज्ञा भवनमा सभारत भएको छ “।
Facebook Comments