
प्रेस काउन्सिल नेपालले समाजबादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादव संग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषा शैली र शब्द चयनका बिषयलाइ लिएर एभिन्युज टेलिभिजन संग स्पष्टिकरण सोधेको छ । उपप्रधान मन्त्रि यादव संग आइतबार राति लिइएको अन्तरवार्ताका क्रममा अनातार्वार्ताकारले पत्रकार आचार संहिताको ख्याल नगरेको र शिष्टतालाइ ध्यान नदिएको ठहर गर्दै उक्त टेलिभिजन संग स्पस्टिकरण सोधेको हो । एभिन्युज टेलिभिजनलाइ तिन दिन भित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिल का सह प्रशासकीय अधिकृत दिपक खनाल ले जानकारी दिएको आज को गोरखापत्र दैनिकी मा समाचार प्रकाशित भएको छ ।
यसैबिच पत्रकार आचार संहिता विपरीत ठाडो, अज्ञानी तथा मुर्खहरुको मुखिया झैँ सोधिएका प्रश्न र अभद्र एवं पूर्वाग्रही प्रस्तुति प्रति संघिय प्रेस फोरम नेपाल सहित दर्जनौ संघ संस्था ले दुःख व्यक्त गर्दै पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमान जनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादव माथि भएको यस्तो दुव्यर्वहारको घोर निन्दा एवं भत्र्सना गरेको छ । भत्र्सना गर्ने संघ संस्था हरु मा संघिय प्रेस फोरम नेपाल सहित समाजबादी युवा फोरम नेपाल , चम्पक सुनुवार किराँत न्यायप्रेमी एवम् सामाजिक युवा अभियन्ता लगायत का रहेका छन् प्रेस बिज्ञप्ति मा पत्रकार सुसिल पाण्डे ले पत्रकारिता जगतलाइ नै घृणित बनाएको ठहर गरीएको छ ।
Facebook Comments