
अगुवा सन्देश, कैलाली
कैलाली जिल्लाको टीकापुर नगरपालीका वडा न ४ लम्की पुलमा से १ त १११६ नं को ट्याक्टर दुर्घना हुदा ट्याक्टर चालक धन बहादुर चौधरीको घटना स्थल मै निधन भएको छ ।
जानकी गाउँपालीका स्थित लालरत्न इट्टा भट्टाबाट टीकापुरको दक्षिणी भेगतिर इट्टा लैजादै गर्दा आज दिहान करवि ८ बजेतिर सो दुर्घघना भएको हो । ट्याक्टरको ट्रलीमा लोड इट्टा रहेको र लम्की पुल नजिकै पुग्दा ट्याक्टर अनियन्त्रित भई ट्याक्टर–ट्रलीका साथै ड्रराइवरपनि संगै पुल मुनि करीव १०० मिटर तल खोलामा खस्दा ड्रराइवर धन बहादुर चौधरी ट्रयाक्टरको मुनि च्यापिदा उनको घटना स्थलमा नै निधन भएको वताइएको छ । यस दुर्घनाको सम्वन्धमा इलाका प्रहरी टीकापुरले अनुसन्धान गरिरहेको छ ।
Facebook Comments