Loading...
नियम विपरित बौद्धनाथ क्षेत्र विकास समितिले क्षेत्राधिकार मिचेको भन्दै घ्याङ गुठीको अपत्ति

नियम विपरित बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तुपा परिसरमा फ्यलेक्सबोर्ड राखेको भन्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आपत्ति जनाएको छ । क्षेत्र विकास समितिले बौद्ध स्तुपा परिसर भित्र व्यानर राख्ने काम गर्नु कानून विपरित रहेको भन्दै घ्याङ गुठीले आपत्ति जनाएको हो । पूजा पर्व व्यवस्थापन जस्ता अधिकार घ्याङ गुठीको भए पनि क्षेत्राधिकार भन्दा बाहिर गएर क्षेत्र विकास समितिले बुद्ध जयन्ती मुल समारोह समिति गठन गर्ने र बाल मिच्याइँ गर्दै स्तुपा परिसरमा फ्लेक्सबोर्ड राख्ने काम गरेको भन्दै घ्याङ गुठीले विज्ञप्ती जारी गरेको छ । क्षेत्र विकास समितिले बुद्ध जयन्ती मुल समारोह समिति भन्दै स्तुपा परिसरमा फ्लेक्सबोर्ड रोखेपछि उक्त काम कानुन विपरित भएको भन्दै गुठी संस्थानले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको र जिल्ला प्रशासनले प्रहरी मार्फत फ्लेक्सबोर्ड हटाउन आग्रह गरे पनि क्षेत्र विकासले अटर गरेको विज्ञप्तीमा उल्लेख छ ।

आगामी जेष्ठ ४ गते मनाइने २५६३ औ बुद्ध जयन्तीको लागि बौद्ध तथा मेलम्ची घ्याङ गुठीले बुद्ध जयन्ती मुल समारोह समिति गठन गरेपछि क्षेत्र विकास समितिले पनि मुल समारोह समिति गठन गरेको छ । एकै स्थानमा हुने बुद्ध जयन्तीको लागि दुईवटा निकायबाट छुट्टा छुट्टै मुल समारोह समिति गठन गरेपछि विवाद देखिएको छ । यस अघि पनि क्षेत्र विकास समितिले घ्याङ गुठीको क्षेत्राधिकार अतिक्रमण गरेको भन्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीले निषेधाज्ञाको रिट दाएर गरेको थियो । रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले बौद्ध स्तुपा र परिसर भित्रको किता नं. ४७ र किता नं. १९० जग्गाको स्वमित्व बौद्ध तथा मेलम्ची घ्याङ गुठीको भएको र उक्त स्तुपा परिसर भित्र बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अनुमति विना कुनै पनि होर्डिङ बोर्ड, पर्चा, पम्पप्लेट टाँस्न नपाइने आदेश गरेको छ ।

अदालतको आदेशमा ‘बौद्ध मठ मन्दिर भित्र धार्मिक कार्यको रेखदेख, अन्तराष्ट्रिय स्तरका धार्मिक गुरुहरुको व्यबस्थापन, स्वागत, ब्यानर पोष्टर र होर्डिङबोर्ड राख्ने र पुजा स्तल तोक्ने अधिकार बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक परमपुज्य औतारी धर्मगुरु रेम्र्पोछे चिनिया लामा भूपति बज्र लामाको अधिकार भएको उल्लेख छ । तर क्षेत्र विकास समितिले न्यायालयको समेत मानहानी हुँने गरी घ्याङ गुठीको क्षेत्राधिकार भित्र रहेको नियमित पुजा तथा पर्व व्यवस्थापनमा ब्यवाधान खडा गर्ने गरेको घ्याङ गुठीको आरोप छ । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै मनाइन बुद्ध जयन्तीमा विश्वभरका भक्तहरु सहभागी हुँने भएकाले सबैमा हार्दिकता र सहकार्य गर्दै बुद्ध जयन्ती मनाउन पनि घ्याङ गुठीले आग्रह गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *