Loading...
ईलाका प्रहरी कार्यलय कृष्णनगरको नवनिर्मित भवनको उद्घाटन

अजय मिश्र/कपिलवस्तु बैशाख २९ कपिलवस्तुको कृष्णनगर मा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर आफ्नै नयाँ भवनमा सरेको छ। नेपाल प्रहरी भौतिक संरचनाहरुको निर्माण गर्न MIPP प्रोजेक्ट DFIDको कोषमा UNOPS द्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमान्डौ संग १८ अप्रैल२०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ साल मा समपन्न गरि ३०मई २०१८ मा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको भवन को आज आइतवार प्रहरी प्रधान कार्यलय प्रशासन तथा मानव श्रोत विकास प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले कार्यलयको उद्घाटन गर्नु भयो। कार्यलय उद्घाटन गर्दै राई ले भनेकि हामी पटक पटक भवन निर्माण गर्न सक्दैन एउटा भवन निर्माण गर्ना मा धेरै समय र बजेट लाग्छ तर हामी ले गर्नु पर्ने समन्य कुरा ध्यान दिए न भने यो भवन समय भन्दा अगाडी नै जिण हुन सक्छ। त्यो नहोस र नहुन पाओस भन्ने कुरामा विशेष गरि यस कार्यालय का प्रमुख र सम्पूर्ण जिम्मेवार जवान हरु लाइ निर्देशन दिन चाहन्छु र स्थानिए समाजिक राजनैतिक हैसियतले पनि खबरदारी गर्न को लागि आग्रह गर्नु भयो। कृष्णनगर नगरपालिका ले ईलाका प्रहरी कार्यलय कृष्णनगर मा जवान व्यारेक बनाउन का लागि १०लाख छुट्टाइएको भन्दै अपुग रकम रहेको विभाग ले जानकारी दिनु भयो कार्यक्रम मा UNOPS का प्रतिनिधी यादव अधिकारी,५नम्बर प्रदेश प्रहरी नायब महानिरिक्षक पितम्बर अधिकारी,कृष्णनगर नगर उपप्रमुख शबनम खातुन लगायत पदाधिकारी, समाजसेवी,पत्रकार सुरक्षाकर्मी हरुको उपस्थिती थियो उक्त भवन कर सहित कुल लागत २करोड ४४ लाख र ३९४ वर्ग मिटर क्षेत्रफल मा रहेको प्रदेश नं ५ नेपाल प्रहरी का प्रहरी निरीक्षक सुमन दहालले प्रतिवेदन पेश गर्नु भयो र उक्त कार्यक्रम संचालन ई.प्र.का. कृष्प्रनानगर का प्रहरी निरीक्षक सूर्य बहादूर बोग्टी ले गर्नु भएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *