Loading...
महादेउली कुलाको पुल ३ वर्षदेखि जिर्ण, गाउँपालीकाको योजनामा अझै पर्न सकेन्

अगुवा सन्देश, कैलाली
कैलालीको मध्यवर्ति क्षेत्रमा पर्ने जोशिपुर गाउँपालीका वडा नं १ बडरिया र वडा नं ४ हसनापुरको बिचमा रहेको महादेउदी खोलाको पुलमा करिव ३ वर्षदेखि सो पुलको बिचभागमा ठुलो प्वाल पर्नुका साथै जिर्ण बन्दैगएको छ ।
जोशिपुर टीकापुरमा आवागमनको सो सडक खण्ड देनिक रुपमा अति व्यस्त रहने गर्दछ । पटक पटक स्थानियहरुले सो पुल पुनः निर्माणकालागी जोशीपुर गाउँपालीकामा खबदारी र जानकनरी गराउदापनि हालसम्म कुनै पहलकदमी नभएको र सो जिर्ण बन्दै गएको पुलमा अनेकौं पटक दुर्घटना समेत भएको स्थानिय दशरथ चौधरीले अगुवा सन्देशको कुराकानिमा वताएकाछन् ।
जोशिपुर गाउँपालीकाले पटक पटकगरि करिव ७२ लाख रुपैयाँ जोशीपुर बजारदेखि हसनापुर चौक सम्म उपभोक्ता समिति मार्फत सो बाटोमा खर्च गरिएता पनि सो जिर्ण भएको पुलको पुनः निमार्णकालागी कुनै योजना नबनाएको बताइन्छ । लाखौ रुपैयाँ सो बाटोमा खर्च गरिएता पनि उपभोक्ता मार्फत कार्य गराएर गाउँपालीकाका जनप्रतिनिधिहरु र कर्मचारी मोलमोलाई गरि आफ्नो दुनो सोझ्याउनेमा लागेको कुरा स्थानियहरु बताउने गर्दछन् ।
उता जोशीपुर गाउँपालीकामा सम्पर्क गर्दा सो पुलको पुनः निमार्णको कार्य चाँडै सम्पन्न गर्ने र वाताबरणलाई सहव बनाउने सम्मको कुरा वताउने गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *