Loading...
दर्शकलाई बाँधेर ध्यान बाहिर जाने नदिने फिल्म बन्यो जात्रै जात्रा, भोलिबाट देशै भर प्रदर्शन हुँदै

फिल्म ‘जात्रा’को युट्युब रिलिजपछि त्यसको सिक्वेलबारे सोध्नेको सङ्ख्या ह्वात्तै बढ्यो। जम्मा सत्र दिनमा लेखिएको जात्राको कथालाई निरन्तरता दिनेबारे सोचेको पनि थिएनन्, लेखक तथा निर्देशक प्रदीप भट्टराईले। तर, फिल्मले समीक्षकमात्र नभएर दर्शकको पनि मन जित्यो। तिनै दर्शकको प्रश्नले नै उनलाई सोच्न् बाध्य बनायो।

अघिल्लो संस्करणको कथा त पूर्ण बनाउनु थियो नै, साथै जात्रा ब्रान्डको साख जोगाउनु पर्ने चुनौती पनि उनीसामु थियो। त्यसैले थाले नेपालमा फिल्म सिक्वेलको ट्रेन्डबारे अध्ययन गर्न।

‘नेपालमा त फिल्मको सिक्वेल बनेकै रहेनछ। केही व्यवसायिक रुपमा सफल फिल्महरु दुई तीन भागसम्म बने तर ती सिक्वेल होइनन्,’ उनले त्यो अनुसन्धानको सारांश सुनाए, ‘मलाई ब्रान्ड भ्यालु क्यास गर्न सिरिज बनाउनु थिएन। त्यसैले सिक्वेलकै लागि टिमसँग छलफल सुरु गरेँ।’

सात महिना लामो समय त स्क्रिप्टमै खर्च गरे। लेखन अवधिभर आफूसँग एउटै प्रश्न सोधिरहे- कलाकार उही चाहिने, उनीहरु हाँस्ने, रुने, समस्या र उनीहरुसँग जोडिने मान्छे पनि उही। अनि नयाँ चाहिँ के त?

कथा लेख्दै जाँदा पात्रको समस्या फेरियो। समस्या फेरिएपछि समाधानको बाटो बन्यो। र, संघर्षको कथा नै फेरियो। अनिमात्र बन्ने निश्चित भयो, जात्रै जात्रा।

तर, सहज कहाँ थियो र?

‘बाटो बनाउँदै बनाउँदै हिड्यौं। फर्कँदा झार उम्रिएर बाटो नै पहिल्याउन गाह्रो हुने भएछ,’ उनले अप्ठ्याराहरु संकेत गरे।

पहिलो त कलाकारहरुलाई पात्रमा ढाल्नु, पहिलेजस्तै बाँच्न, हाँस्न, रुन लगाउनु गाह्रो थियो। दोस्रो क्यारेक्टरमा थपघट् गर्न छुट थिएन। पात्रहरुलाई पहिलेजस्तै बनाउन वर्कसप भयो। फेरि आफ्नै फिल्म जात्रा हेर्‍यो सिंगो युनिटले। छायाङ्कन सुरु भएको पहिलो साता लामा अनि गम्भीर दृश्य नै खिचिएन।

निर्देशक भट्टराईले सुनाए, ‘हेभी सिन सात आठ दिनसम्म राखिनँ। लाइट सिक्वेन्स गर्दै जाँदा कलाकार फर्ममा आए। अभिनयको पाटो जात्राको सशक्त थियो। त्यसका लागि स्क्रिप्टमा हामीले मिहेनत गरेसरह कलाकारले मेहनत गर्नुभयो।’

पोस्ट प्रोडक्सनको काम सकेर बसेका उनी फिल्म राम्रो बनेकोमा निर्धक्क सुनिए। अस्ट्रेलिया रिलिजका लागि सेन्सर गर्न फिल्म पठाइसकेका छन्। भने, ‘फिल्मले दर्शकलाई बाँध्छ। एक मिनेट पनि ध्यान बाहिर जान दिँदैन। तर, यो आत्मविश्वास चाहिँ यथार्थमा भोग्नु परेको जात्राले दिलाएको हो।’

जात्रै जात्रा छायाङ्कनमा भोग्नु परेका जात्रै जात्रा

सन्दर्भ गएको मंसिर तीन गतेको। रातको दश बजिसकेको थियो। बालाजुमा फिल्म ‘जात्रै जात्रा’ छायाङ्कन भइरहेको थियो। सुटिङ जारी राख्ने मुडमा थिए, कलाकार पनि। नयाँ सिन खिच्न थाले त दुईदेखि तीन घण्टामै काम सकिन्थ्यो। तर, रातभर काम गर्दा भोलिपल्ट मुड बिग्रने डरमा थिए, प्रदीप। त्यसैले अनायसै बोले – ‘प्याक अप’।

भोलिपल्ट बिहान सात बजे सेटमा भेट्नेगरी काम थाँती राखियो।

निर्देशक भट्टराई सहितको टोली सेट तयार गरेर विपिन कार्कीको प्रतीक्षा गरिरहेका थिए। बालाजुमा उनकै कोठाको सेट तयारी अवस्थामा थियो। पुलिसले उनको कोठा छापा मार्ने दृश्य अघिल्लो रात थाँती राखेर प्याक अप भएको थियो। विपिन आइपुग्ने छाँट नदेखेपछि भट्टराई चिया पिउन थाले।

अचानक केही तलतिरबाट निर्माता यादव पौडेल चिच्याएको सुनियो ‘ला हो र? ल बर्बाद भयो।’

उनले विपिन दुर्घटनामा परेर रुँदै फोन गरेको खबर एकै सासमा सुनाए। त्यसपछि टोली पुग्यो बल्खुमा रहेको बयोदा अस्पताल।

‘विपिन सर त रुन पो थाल्नुभयो। खुट्टामा ड्रेसिङ गरिएको थिएन। अपरेसन गर्नुपर्छ, पर्दैन थाहा थिएन। उहाँ त फिल्म के हुन्छ? मैले गर्दा सुटिङ रोकिने भयो भन्दै रुन थाल्नु भयो,’ प्रदीपले भने, ‘कामको मामलामा उहाँको गाम्भीर्यता सधैँ यस्तै हो।’

त्यही दिन सुटिङको गाडी उनलाई लिन घरमै पुगेको थियो। तर, छायाङ्कनपछि फिल्म ‘प्रसाद’को प्रचारप्रसारमा निस्किने योजना भएकाले उनी गाडी छोडेर बाइकमा हिँडे। बुद्धनगरस्थित घरबाट बालाजुतिर लाग्दा कालिमाटीमा उनको दुर्घटना भयो।

राति गरेको भए दुई घन्टामै सकिने सुटिङका लागि फिल्म युनिटले ४० दिन कुर्नुपर्‍यो। अब त्यति समयसम्म सेट राखिरहन मिल्ने कुरै थिएन। अनि जब सुटिङ हुने भयो, सेट फेरि चाहियो। फिल्मको लागतमा थपियो ३० लाख रुपैयाँ। विपिनले डिस्चार्जपछि सेटमा फर्कने कोसिस नगरेका होइनन् तर विपिनको पूरा ध्यान खुट्टामा थियो।

‘दुई तीन सट खिचेपछि मैले बुझिहालेँ। टिमलाई राखेर कुरा गरेँ। अन्तत: रिलिज डेट होइन फिल्म राम्रो बनाउने सहमति भयो,’ उनले भने।

फिल्मको प्रदर्शन मिति पनि फागुन १७ बाट जेठ ३ गतेलाई सर्‍यो।

नयाँ तालिका अनुसार काम पुन: सुरु त भयो। तर, जात्रै जात्राको सेटमा यस्ताखाले जात्राको क्रम रोकिएन।

मुलपानीको नर्लिङ रिसोर्ट कम्पाउन्डमा फिल्मको ‘माया पिरिम’ बोलको गीत छायाङ्कन भइरहेको थियो। अचानक ड्याम्म केही पड्किएको आवाज आयो। आवाजसँगै सेट नजिक राखिएको गाडीको अगाडि भागको सिसा झर्‍याप्प फुट्यो।

सबैजना आत्तिएका थिए। छायाङ्कन रोकियो। के भएको हो? डर र जिज्ञासा सबैमा हुने नै भयो। धन्न केही बेरमै खबर आयो- कम्पाउन्ड बाहिर गाडीको टायर पड्किएको हो। त्यहीबाट ढुङ्गा उछिट्टिएर भित्र पार्क गरेको गाडीको सिसा फुटेको रहेछ।

त्यही सेटबाट हो अभिनेत्री वर्षा राउतको आइफोन एक्स चोरी भएको। राखेको ठाउँमा नभेटेपछि वर्षा आत्तिएकी थिइन्। यहाँ फिल्मको एउटा सिक्वेन्स भरपुर उपयोगी बन्यो, जसमा मोबाइल ट्र्याकिङबारे टिमले गहिरो अध्ययन गरेको थियो। ट्र्याकरले मोबाइल दुई किलोमिटर पर देखायो। पछ्याउँदै जाँदा फोन भेटियो। फोन सुटिङ हेर्न आएको एक व्यक्तिले वर्षाको ज्याकेटको गोजीबाट झिकेको रहेछन्। ‘प्रविधिले यस्तो यस्तो बनाइसक्यो भाइ यस्तो काम नगर्नु है भनेर सम्झाएक पठायौं,’ त्यतिखेरको तनावलाई प्रदीपले रमाइलो पारामा सुनाए।

सिसा फुट्नुलाई शुभ संकेत मानेको थियो, फिल्म युनिटले। तर, जात्रै जात्रा सेटमा अर्को ठूलो दुर्घटना भयो।

मुलपानीको नर्लिङ रिसोर्ट कम्पाउन्डमा फिल्मको ‘माया पिरिम’ बोलको गीत छायाङ्कन भइरहेको थियो। अचानक ड्याम्म केही पड्किएको आवाज आयो। आवाजसँगै सेट नजिक राखिएको गाडीको अगाडि भागको सिसा झर्‍याप्प फुट्यो।

सबैजना आत्तिएका थिए। छायाङ्कन रोकियो। के भएको हो? डर र जिज्ञासा सबैमा हुने नै भयो। धन्न केही बेरमै खबर आयो- कम्पाउन्ड बाहिर गाडीको टायर पड्किएको हो। त्यहीबाट ढुङ्गा उछिट्टिएर भित्र पार्क गरेको गाडीको सिसा फुटेको रहेछ।

त्यही सेटबाट हो अभिनेत्री वर्षा राउतको आइफोन एक्स चोरी भएको। राखेको ठाउँमा नभेटेपछि वर्षा आत्तिएकी थिइन्। यहाँ फिल्मको एउटा सिक्वेन्स भरपुर उपयोगी बन्यो, जसमा मोबाइल ट्र्याकिङबारे टिमले गहिरो अध्ययन गरेको थियो। ट्र्याकरले मोबाइल दुई किलोमिटर पर देखायो। पछ्याउँदै जाँदा फोन भेटियो। फोन सुटिङ हेर्न आएको एक व्यक्तिले वर्षाको ज्याकेटको गोजीबाट झिकेको रहेछन्। ‘प्रविधिले यस्तो यस्तो बनाइसक्यो भाइ यस्तो काम नगर्नु है भनेर सम्झाएक पठायौं,’ त्यतिखेरको तनावलाई प्रदीपले रमाइलो पारामा सुनाए।

सिसा फुट्नुलाई शुभ संकेत मानेको थियो, फिल्म युनिटले। तर, जात्रै जात्रा सेटमा अर्को ठूलो दुर्घटना भयो।

छाउनीस्थित एउटा डोजर सोरुममा छायाङ्कन हुँदै थियो। प्रदीपले आवश्यक ब्लकिङ गरे। पोजिसन मिलाए। एउटा नयाँ डोजर राखेको मिल्दै मिलेन। त्यसैलाई उठाउन खोज्दा छेउको पर्खाल भत्कियो। त्यसपछि बल्ल थाहा भयो – त्यो त आर्मी ब्यारेकको पर्खाल रहेछ।

पुलिस आए। पर्खाल बनाइदिने सहमति भने भयो। अनि सुटिङका लागि अनुमति पाए। ‘त्यत्रो लफडापछि कहाँ सुटिङको मुड बन्थ्यो?,’ प्रदीपले सुनाए, ‘बजेट यसै पनि बढ्यो। त्यसैले त्यो दिन पनि खिचेनौं।’

यी सबै घटनाहरुले निर्मातालाई मारमा पार्‍यो। यतिखेर उनी कामना गर्छन् जात्रै जात्रा सुटिङमा भएको जात्रा फिल्मको आम्दानीमा नपरोस्। निर्मातालाई आमा र फिल्मलाई सन्तानको संज्ञा दिन्छन् उनी। पछिल्लो समय बक्स अफिसको अवस्था हेर्दा प्रायले लगानी उठाउन नसकेको हेक्का छ उनलाई। ‘इन्डस्ट्रीले आमा बचाउने कि बच्चा भनेर सोध्ने अवस्था छ। तर, दुवै बाँच्नुपर्छ। किनकि हामीले मन र दिमाग दुवै यसैका लागि खर्चिरहेका छौं,’ उनले भने।

‘शत्रु गते’ निर्देशनपछि प्रदीपको चर्को आलोचना पनि भयो। आलोचनालाई उनले सहर्ष स्वीकारे जुन नेपाली रजतपटका लागि नौलो झै प्रतीत हुन्छ। ‘किनकि म के गर्दैछु भन्नेमा प्रष्ट थिएँ। मैले आम मान्छेलाई मनपर्ने म:म बनाएको थिएँ। एभोकाडो खानेका लागि थिएन। उहाँहरुलाई मन नपर्नु सामान्य हो,’ उनले आलोचनालाई खाने शैलीको प्रतीक बनाएर पेश गरे।

‘जात्रा’ मनले, ‘शत्रु गते’ दिमागले र ‘जात्रै जात्रा’ चाहिँ मन र दिमाग दुवै लगाएर बनाएको तर्क राख्छन् उनी। त्यसो त जात्राको तुलनामा खर्च दोब्बर भयो यसपाला। निर्माताको अपेक्षा चुलिनु स्वभाविक पनि बनेको छ। सँगै उनीहरुलाई निराश नबनाउने आत्मविश्वास पनि छ उनीसँग।

बौद्धमा घटेको घटनाले फिल्म अवधिभर दर्शकको ध्यान बाँध्नेमा ढुक्क उनी। जात्रा असनको गल्लीमा अल्झिएको थियो। जात्रैजात्रा भने अलिक खुल्ला बौद्धको सेरोफेरोमा छ।

‘जात्रा कुनै घरमा भएको ब्रतवन्ध थियो। जात्रै जात्रा बिहे हो। ब्रतवन्धमा भन्दा ठूलो भोज, धेरै परिकार, बाजागाजा, छुटेका पाहुना बिहेमा देख्न सकिनेछ,’ प्रदीप भन्छन्, ‘पहिलेको भन्दा ठूलो क्यान्भासमा छुटेका धेरै चिज पाउनु हुनेछ।’

pahilo post .com

Leave a Reply

Your email address will not be published. Required fields are marked *