Loading...
वीर विक्रम “२”ले गर्यो औषत सुरुवात, “जात्रै जात्रा”को व्यापार आक्रामक, शो समेत बढाइयो

आज बाट रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ले औषत सुरुवात गरेको छ । चलचित्रको व्यापार सिंगलमा भन्दा मल्टिप्लेक्समा केही सुखद भएको जानकरी प्राप्त भएको छ । तर, चलचित्रको व्यापार भोलीबाट अझै बढ्न आवश्यक छ । भोलि शनिबार भएको हुनाले ब्यापार बढ्न सक्छ । दुई साथीको मित्रता, प्रेमको कथामा तयार भएको यो चलचित्रमा नायिका वर्षा सिवाकोटीको सोलो भूमिका छ । चलचित्र रिलिज अगाडि वर्षाले आफ्नो करिअरकै उत्कृष्ट चलचित्र भनेर समेत भनेकी थिइन् । यता आजैबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले सुखद ओपनिङ गरेको छ । बिहानैदेखि चलचित्रको व्यापार मल्टिप्लेक्समा आक्रामक छ । चलचित्रको भोली शनिबारको बुकिङ पनि आक्रामक छ । चलचित्रले काठमाण्डौको सबैभन्दा ठूलो चेन मानिएको क्यूएफएक्समा १९ शोज पाएको छ भने भोलि शनिबारका लागि जय नेपाल हलमा १ शो बढाइसकेको छ ।

यसैविच, यो चलचित्रको आज बिहान काठमाण्डौको कुमारी हलमा प्रेश शो आयोजना गरिएको छ । २ घन्टा १७ मिनेट लामो यो चलचित्रलाई पत्रकारले उत्कृष्ट भनेका छन् । बिहानी शोसँगै चलचित्रको दर्शकबाट पनि उत्कृष्ट समिक्षा आइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *