
कपिलवस्तु , ८ जेठ ,
कृष्णनगर नगरपालिकाको मनिकौरामा संचालित रहेको शहरी स्वास्थ्य क्लिनिक बाहिरबाट भैसीको गोठ जस्तो देखिने भित्र हेर्दा आफैं बिरामी अवस्थामा रहेको देखिन्छ । बि .स . २०७३/२/३१ मा स्थपित क्लिनिक मा एक हेअ एक एनम् र एक का स को दरबन्दी रहे पनि अहिलेसम्म एनम को ब्यवस्था हुन सकेको छैन । सो गाउँको समुयिक भवनमा संचालित भएको ३ बर्ष बितिसक्दा नगरपालिकाले एउटा टेबुल र दराज मात्र उपलब्ध गराएकोछ भने गाउँकै समाजसेवी बैजनाथ चौधरी ( सकाले) ले सुरुमा नै पुरानो २ वटा कुर्सी र औषधि राख्ने रेक सहयोग गरेको र त्यसैबाट काम चलाउने गरिएको छ ।
सो कार्यलयमा बिद्धुत नहुदा गर्मीमा बिरामी तथा क्रमचारी बस्न गार्हो हुँदा सब मिटर लिएर आफ्नै गोजीबाट बिलको रकम तिरेर एउटा पंखा चलाएको हेअ राममहेश यादवले बताए । ,खानेपानी , शौचालय र बिरामी जाच्ने बेड लगायत थर्मामिटर समेत नभएको शहरी क्लिनिक नगरपालिकाले ध्यान नदिदा बिरामीलाई सेवा दिने सो क्लिनिक आफैं बिरामी भएको अवस्थामा पुगेको छ ।
Attachments area
Facebook Comments