Loading...
ठग्ने प्रवृति कायमै: राष्ट्रपति भण्डारीको स्वागतकालागि तयार गरिएको पिच पानि परेर पखालियो

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि तयार गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर हतारमा गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो ।

ओखलढुंगा सदरमुकामको सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ ।

गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा पूप्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *