Loading...
भारतमा भाजपाले जोडदार मतका साथ् हासिल गरे ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री

काठमाडौं । भारतमा भएको लोकसभा चुनाबको गणना भै रहदा भारतीय जनता पार्टीले ३४३ सिटमा अग्रता लिएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत ल्याउने पक्का भएको छ ।

सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिने अनुमान गरिएको छ ।

मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ । लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *