
वीरगन्ज । भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको जीत भएपछि सिमावर्ती सहर वीरगञ्जमा हर्षोल्लास मनाईएको छ ।
विश्व हिन्दु संगठनका युवाहरुले मोदीको तस्वीरसहितको ब्यानर बोकेर दीप प्रज्वलन र मिठाई वितरण गर्दै नगर परिक्रमा गरेका छन् । घन्टाघरबाट मोटरसाईकल मोटरसाईकल -याली निकालिएको छ ।
यस्तै, भाजपाले चुनाव जितेको खुशीयालीमा ओईसही नागरिक समाज पर्साले पनि घण्टाघरमा मिठाई वितरण र दीप प्रज्वलन गरेको छ । उनीहरुले हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका छन्।
मोदीको फोटो र झन्डासहित वीरगन्जको शंक्राचार्य गेटसम्म पुगेर घण्टाघरमै कोण सभामा परिणत भएको थियो। कोणसभामा बोल्दै कृष्ण चौरसियाले मोदीको जित भारतसहित नेपालको हितमा पनि रहने बताए।
मोदीको जितले विश्वभर रहेकाहिन्दूको हित हुने बताउँदै उनले नेपाललाई पनि हिन्दू राष्ट्र घोषणा गर्न सफल हुने उनको विश्वास छ ।
nepalpana
Facebook Comments