
१० जेठ, जनकपुरधाम । समाजवादी पार्टी नेपालको प्रदेश २ समितिमा तीन पदाधिकारी चयन भएका छन् ।
पार्टीको बैठकले पहिलो चरणमा उपाध्यक्षमा रामप्रित पासवान, मुख्य सचिवमा शम्भु झा र कोषाध्यक्षमा रेणु यादव चयन गरेको हो । मुख्य सचिवमा झालाई दोहोर्याइएको छ । उनी यसअघि पनि मुख्य सचिव नै थिए । गत वैशाख १४ गते सिरहाको लहानमा भएको तत्कालिन संघीय समाजवादी फोरम नेपाल पार्टीको प्रदेश २ अधिवेशनले अध्यक्षमा विजय यादवलाई निर्वाचित गरेको थियो ।
समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको पदाधिकारी चयन
उपाध्यक्ष ः रामपृत पासवान (सर्लाही)
मुख्य सचिव ः शम्भु झा (सप्तरी)
कोषाध्यक्ष ः रेणु यादव (सिरहा)
Facebook Comments