Loading...
४९ लाख भ्रष्टाचार काण्डमा प्रमुख सेनानी कार्की बर्खास्त, जगन्नाथदेवल कारागार चलान

११ जेठ, काठमाडौं । उदयपुरस्थित नेपाली सेनाको कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् ।

जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको थियो । आदेश पछि उनलाई केन्द्रीय कारागार चलान गरिएको समाचार प्राप्त भएको छ ।

कार्कीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *