Loading...
गाउँपालिका निमित्त प्रमुखले प्रमुख प्रशासकिय अधिकृतको हाजिरी रजिष्टर च्याते

कैलाली जेठ–११
कैलालीको जोशीपुर गाउँपालिकामा निमित्त प्रमुखले प्रमुख प्रशासकिय अधिकृतको हाजिरी रजिष्टर च्यातेर फालेको आरोप लागेको छ ।
जोशीपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले केहि दिन अघि मात्र प्रमुख प्रशासकिय अधिकृत भएर आएका मातृका प्रसाद भट्टराईले लगाएको हाजिर च्यातेर फालेको आरोप लागेको छ । अहिलेका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले जेठ ७ गते आफु कार्यालयमा हाजिर लगाएर विदामा आएको बताएका छन् तर हाजिर रजिष्टरबाट भने उक्त पेज नै च्यातेर फालिएको छ । भट्टराई यस अघि कैलालीको जानकी गाउँपालिका मा कार्यरत रहेका थिए ।
यसअघि बैशाख २० गते सम्म गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरेका नारायण बहादुर विष्टको हाजिर समेत गायब पारिएको बताइएको छ । तर जोशीपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले भने उक्त विषयमा आफुलाई कुनै जानकारी नै नभएको दावी गरे । उनले आफुले हाजिर रजिष्टर च्यातेको भनी लागेको आरोप गलत भएको जिकिर गरे । तर गाउँपालिकाको सामाजिक विकास शाखाका प्रमुख समेत रहेका शर्माले प्रमुख प्रशासकिय अधिकृत लाई काम गर्न नदिने वातावरण बनाउन हाजिरी रजिष्टर नै च्यातेको अरोप लागेको छ ।


हाजिरी रजिष्टर च्यातेकै कारण गाउँपालिकाका अन्य कर्मचारीहरुले समेत हाजिर लगाउन
नपाएको बताएका छन् । यस विषयमा गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीसंग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् भने उपाध्यक्ष गीता कठरियाले आफुलाई सो कुराको सम्वन्धमा जानकारी नै नभएको प्रतिक्रिया दिएर पन्छिएकि खोजीन् ।
जोशीपुर गाउँपालिकामा हाजिरी रजिष्टर च्यातिएको बिषयमा चर्चा चलि रहेता पनि कैलालीका नगरपालिका तथा गाउँपालिकाहरुमा बिभिन्न योजना लगायतका कामहरुमा भ्रष्टाचार बढेको छ । भ्रष्टाचार बढेको कुरा बिभिन्न संचारमाध्यमहरुमा प्रकाशित÷ प्रशारित भएता पनि सरकारले निगरानी नगरेको बुद्धिजिवीहरुको भनाई रहेको छ ।

अगुवा सन्देशबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *