Loading...
अटोरेक्सा व्यवसायीद्वारा टीकापुर लम्की सडक खण्डका खाल्डाखुल्डीमा पटानी कार्य सुरु

हेनुका माण्डव्य, कैलाली जेठ ११
सुपर कर्णाली डिलक्स यातायात प्रा.ली.मा आवद्ध टीकापुरका ६० जना अटो रेक्सा व्यवसायि द्वारा टीकापुर लम्की सडक खण्डमा लामो समयदेखि परेका खाल्डाखुल्डीहरुलाई मर्मत सम्भार गर्ने कार्यको थालनी गरीएको छ ।
कैलाली टीकापुरका लोक बहादुर बुढाक्षेत्री अध्यक्ष रहेको सो यातायात व्यवसायि संस्थाले केहि दिन अगाडी टीकापुर अस्पतालमा फलफुल वितरण गरिरहदा बाटोको समस्याले रिफर गरिएका बिरामी समयमा गण्तव्यमा पुग्न नसक्दा बाटोमा नै ज्यान गएको जानकारीपाएकाले सो कुराबाट प्रेरित हुदै यो कार्यलाई सुरुवात गरिएको सो व्यवसायी सस्थाका अध्यक्ष लोक बहादुर बुढाक्षेत्रीले अगुवा सन्देशलाई वताए ।
टीकापुर लम्की सडक खण्डको निकै दुर्दसा हुनगएको तर सो बारेमा कसैले चाँसो नदेखाएको मिडीयाहरुमा यो सडक खण्डको बारेमा जतिसुकै कुरा बाहिर आएपनि सम्वन्धित पक्षले त्यसबारेमा कुनै मतलव नगरेकाले र स्थानिय सरकारहरुलेपनि यो सडक खण्डको बारेमा कुनै पहलकदमी नगरेकाले ति सबै पक्षलाई दवाव सिर्जना गर्नका निम्ती हामीले आफ्नै व्यवस्थापनमा यो सडकमा रहेका खाल्डाखुल्डीलाई आन्सिक भएपनि मर्मत गर्ने मनसाय बनाएर यो कार्यमा लागे छौं अध्यक्ष बुढाक्षेत्रिले भने ।
स्मरण रहोस लम्की–टीकापुर–खक्रौला सडकखण्ड निमार्ण भईरदा केहि तत्वहरुले तत्कालीन ठेकेदारबाट ठुलो फाइदा लिएका कुराहरु स्थानिय जनताहरुले अहिलेसम्मपनि भनिरहरेको अवस्था छ । सो सडकखण्ड अन्तराष्ट्रिय मापदण्ड अनुसार नै बनाइएता पनि उक्त सडकखण्ड निमार्ण भएको एकवर्ष नपुग्दै जिर्ण बन्दै गएको थियो ।
यो सडकखण्डमा निमार्णताका कसको कुनकिसिमको लापर्वाहि रहेको थियो त्यस सम्वन्धमा पनि आवाज उठाउन त्यतिकै आवश्यकता रहेको कुरा यहाँका स्थानिय जनताहरु र वुद्धीजिवीहरुले वताउने गरेकाछन् ।
“अगुवा सन्देश राष्ट्रीय साप्ताहीकबाट”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *