Loading...
कांग्रेस, नेकपाका दर्जनौ जुझारु नेताहरु समाजवादी पार्टीमा प्रवेश, अध्यक्षद्धयले गरे स्वागत

बिराटनगर, जेठ १२ । बिराटनगरमा सुरु भएको समाजवादी पार्टी नेपालको भाव सम्प्रेषण तथा अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, राप्रपा लगायतका दर्जनौ नेताहरु समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय बाबुराम भट्टराई तथा उप–प्रधानमन्त्रि उपेन्द्र यादवले फुल माला लगाएर पार्टी प्रवेश गराएका छन् ।

कांग्रेसका प्रभावशाली नेता केशव कार्की (खोटांग) र मोहम्मद साहब गुडु (मोरंग) तथा नेकपाका बौद्धिक व्यक्तित्व सीताराम तिमिल्सिना (संखुवासभा) तथा राप्रपा नेता टेकमान मोक्तान (संखुवासभा) लगायत प्रदेश १ बाट दर्जनौं नेताहरु समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *