
१२ जेठ, काठमाडौं । प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्ताहरुलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।
आज दिउँसो सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा ३ जनाको मृत्यु, ६ जना घाइते भएका छन् ।
Facebook Comments