Loading...
सुदुरपश्चिममा नेकपाको बन्द, टीकापुर बन्यो सुनसान

टीकापुर, १३ जेठ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । आफ्ना नेता तथा कार्यकर्ताहरु माथि गरेको धरपकड तथा गिरफ्तारीको विरुद्धमा नेकपा विप्लवले एक दिने बन्दको आह्वान गरेको हो ।
बन्दका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार बन्द छ साथै शैक्षिक सस्था समेत खुल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डागीले विहान पुर्वबाट आएका गाडीहरु स्कटीङमा ल्याईएपनि अहिले सार्वजनिक सवारी साधन चल्न नसकेको बताए ।
त्यसैगरि कैलाली जिल्लाको पुर्वर्ती क्षेत्र टीकापुरमा आज बजार व्यवसाय, शैक्षिक सस्था, विभिन्न कार्यालयहरु तथा यातायातका सवारी साधन पुर्ण रुपमा बन्द रहेकाछन् ।
स्मरण रहोस गत मंगलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुममा नेकपा विप्लवको युवा संगठनका तीर्थराज घिमिरेलाई दोहोर भिडन्तको नाममा हत्या गरिएका थियो । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *