Loading...
कम्युनिस्ट सरकार होइन कमाउनिष्ट हो, संविधान जलाउने मै हुँ, फेरी त्यो समय नआओस- उपेन्द्र

१३ जेठ, वीरगञ्ज । उपप्रधानमन्त्री तथा समाजबादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारमा लुटतन्त्र, भ्रष्टाचार चरम सीमामा रहेको बताएका छन् ।

समाजवादी पार्टीले वीरगञ्जमा गरेको कार्यक्रममा उहाले सरकारले राम्रो काम गर्न नसकेको स्वीकार गरेका हुन् । उहाले भन्नु भयो -“कम्युनिष्टको सरकार छ, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र चरम सीमामा छ, यसरी मुलुकले तरक्की गर्न सक्दैन’ । कम्युनिस्ट र कांग्रेस अहिलेसम्मको उपलब्धी समाप्त पार्ने खेलमा रहेको आरोपसमेत उहाले लगाउनु भएको छ । ‘कांग्रेस, कम्युनिष्ट उपलब्धी रक्षा गर्न होइन, समाप्त पार्ने खेलमा लागेको छ’ उअहाको भनाइ रहेको थियो ।

यादवले पहिला आफूले संविधान जलाएर विरोध गरेको स्मरण गर्दै अहिले संविधान कार्यान्वयन गर्ने क्रममा अप्ठेरो परेको बताउनु भयो ।

परिवर्तनकारी, क्रान्तिकारी शक्ति मिलेपछि आफूलाई राष्ट्रिय पार्टी भन्ने कम्युनिष्ट, कांग्रेसहरुको होस हवास उडेको उनको भनाइ छ । अहिलेको उपलब्धी रक्षा गर्नकै लागि आफूहरुले पार्टी एकता गरेको यादवले दावी समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *