
कृष्णानगर संवाददाता/ कपिलवस्तु जेठ १४
उद्योग वाणिज्य संघ कृष्णानगरले प्रेस विज्ञप्ति मार्फत उद्योग वाणिज्य संघ कृष्णानगरको साधारण सभा यही जेठ २५ गते शनिवार (८ जून २०१९) मा हुने भएको छ। सदस्यता नवीकरण गराएका व्यवसायी र उद्यमीहरूले आ-आफ्नो २ प्रति फोटो परिचय पत्रका लागी उद्योग वाणिज्य संघ कृष्णानगरको कार्यालयमा जम्मा गरि आ -आफ्नो परिचय पत्र लिन सक्नेछन् र जस्को सदस्यता नवीकरण भएको छैन उहाँ हरुले यही जेष्ठ २१ र २२ गते भित्र नवीकरण गराउनुहोला। साथै २०७६ अषाढ १४ गते शनिवार (२९ जून २०१९) का दिन पदाधिकारी हरुको निर्वाचन हुने कुरा जानकारी गराइएको छ।
Facebook Comments