
कैलाली, जेठ–१५
नेपाल पत्रकार महासंघ कैलालीको संयोजन तथा बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा सडकपुर बौनियामा दुई दिने “बिकास खोज पत्रकारिता” सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला साखा कैलालीका अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारू रहेका थिए भने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेंद्र झा नेपाल पत्रकार महासंघका पुर्व सुदूर पश्चिम संयोजक एवम् केन्द्रीय उपाध्यक्ष मन मोहन स्वार विशिष्ठ अथिती रहेका थिए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, मोहोन्याल गाउँपालिकाका गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । पछिल्लो समय देश तिन तहमा रूपांतरण भएसंगै बिकास खोज पत्रकारिता गर्न सहज होस भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ कैलालीले जानकारी दिएको छ । (अगुवा सन्देशबाट)
Facebook Comments